युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी छन् । आगामी निर्वाचन तयारीका लागि बसेको यो पहिलो बैठक हो ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । मिति घोषणा भएसँगै चारैवटा सुरक्षा निकायले आ-आफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाइसकेका छन् । सोही कार्ययोजना केन्द्रीय सुरक्षा समितिको बैठकमा पेस गरिएको छ ।

निर्वाचनमा चारवटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना बनेको छ ।

उक्त कार्ययोजनालाई सुरक्षा बैठकबाट पारित गराएर त्यहीअनुसारको जनशक्ति परिचालनको योजना तर्जुमा गर्ने गृहको तयारी रहेको छ । सेना‚ प्रहरी र सशस्त्रले चुनावका लागि सवारी‚ सञ्चार उपकरण‚ हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्री तथा चुनावमा खट्ने जनशक्तिका लागि भत्तालगायतका सेवासुविधाको खाकासमेत बनाइसकेका छन् । यसलाई केन्द्रीय सुरक्षा समिति बैठकले अनुमोदन गरेपछि निर्वाचन आयोगमा थप छलफल गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९