युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं : साउनको अन्तिम सोमबार आज भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ।

 

 

काठमाडौंको पाशुपत क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। यसैगरी काठमाडौंकै गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुलीको कुशेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई भनिएको छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ।

शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उनी खुशी हुन्छन् र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९