युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

बैतडी। ४ दिनदेखि महाकालीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन्। दशरथचन्द नगरपालिका-८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै नभेटिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

 

 

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा मौरास्थित महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।

 

खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरिएका थिए।  सहायक प्रमुख जिल्ला अधिकारी भारतीले भने, ‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेल्धुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेका छौं। अहिलेसम्म बेपत्ता किशोरीको अवस्था अज्ञात छ।’

 

बेपत्ता दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययनरत रहेका बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। एकै गाउँका दुईजना किशोरी महाकालीमा बगेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९