युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ। अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफ्नो पहिलो खेलमानै गोल गरेपछि घरेलु मैदानमा सस्सुलोलाई ३-० ले पराजित गर्‍यो।

 

 

घरेलु समर्थकमाझ युभेन्ट्सको सहज जित निकाल्दा डि मारियालेनै एक असिस्ट गरेका थिए भने भ्लाहोभिचले दुई गोल गरेका थिए। खेलको २६औं मिनेटमा ‘डेब्यु’ गोल गर्ने क्रममा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भएको थियो।

 

४३औं मिनेटमा भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। पेनाल्टी बक्समा जियान मार्को फेररारीले भ्लाहोभिचलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेपछि उनले टिमलाई सहज जित तर्फ डोर्‍याएका थिए।

 

५१औं मिनेटमा भ्लाहोभिचले ब्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए। भ्लाहोभिचले डि मारियाको पासलाई सदुपयोग गरेका थिए। जितसँगै युभेन्ट्सले ३ अंक जोडेको छ। सस्सुलो अंकविहीन छ । सिरी ‘ए’ कै अर्को खेलमा नेपोलीले हेलास भेरोनालाई ५-२ ले पराजित गर्दै सानदार सुरुवात गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९