युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

एम्स दिल्लीका निर्देशक डा रणदीप गुलेरियाले बालबालिकालाई सामान्यतया हल्का रोग लाग्ने तर उनीहरुका लागि कोभिड–१९ खोपको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छ्न । उनले भारतको बायोटेक र अन्य कम्पनीहरुले बालबालिकाको खोपका लागि भारतमा निकै तीव्र गतिले परीक्षण गरिरहेको र प्राप्त  तथ्याङ्क अनुमोदन हुने आशा गरेका छन् जसले गर्दा सेप्टेम्बर–अक्टोबरसम्ममा देशमा बालबालिकाका लागि खोप उपलब्ध हुने छ ।

डा. गुलेरियाले बताए अनुसार कोभाक्सिनको  दुई वा तीन चरणको परीक्षण पूरा भएपछि केटाकेटीका लागि सेप्टेम्बर-अक्टोबर सम्ममा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कोभाक्सिन भारत बायोटेकद्वारा विकसित एक स्वदेशी खोप हो ।
डा. गुलेरियाले अझ प्रष्ट पार्दै भने “बच्चाहरू लाई अक्सर हल्का रोग लागेको हुन्छ तर हामीले बच्चाहरूको लागि खोप विकास गर्नु आवश्यक छ किनभने यदि हामीले यस महामारीलाई नियन्त्रणमा राख्नुपर्छ भने सबैलाई खोप लगाउनुपर्छ। भारत बायोटेक र अन्य कम्पनीहरूले एकदमै छिटो परीक्षण गरिरहेका छन् किनभने आमाबाबुआफ्ना छोराछोरीसँग परीक्षणको लागि अघि बढेका छन्,”

“एउटा आशा छ कि परीक्षण चाँडै पूरा हुनेछ र सम्भवतः लगभग दुई-तीन महिनाको अनुगमनका पछि हामीसँग सेप्टेम्बर सम्ममा तथ्याङ्क हुनेछ। आशा छ, त्यस समय सम्ममा अनुमोदन हुनेछ र सेप्टेम्बर-अक्टोबरसम्ममा, हामीले बालबालिकालाई दिन सक्ने हाम्रो देशबाट खोपहरु  पाउनेछौं,” उनले थपे ।

उनले भारत बायोटेकले २ देखि १८ वर्षको उमेर समूह बीच परीक्षण सञ्चालन गरिरहेको र “यसले व्यापक स्पेक्ट्रम ढाक्छ” भने ।

जिडस क्याडिला खोपबारे सोधिएको प्रश्नमा उनले भने- यो डिएनए खोप हो, नयाँ प्लेटफर्म प्रयोग भइरहेको छ र “यो हामीले गर्व गर्नुपर्ने कुरा हो” । उनले थप्दै भने यो एउटा यस्तो प्लेटफर्म हो जसको लागि विगतमा देशमा अनुसन्धान गरिएको छैन ।

उनले अझ प्रष्ट पार्दै भने “डेटा अझै पनि संकलन गरिदै छ र  नियामक अनुमोदनका लागि डीसीजीआईमा डेटा पेश गर्न सक्षम हुने आशा गरिएको छ । यो कति छिटो तथ्यांक जम्मा गरेर नियामक निकायलाई दिन सक्षम हुन्छ, कम्पनीमा निर्भर हुनेछ”।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९