युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्वल रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

 

थापाले खेलमा लाग्ने युवाहरुको भविष्य उज्वल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिए। उनले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद संघलाई आग्रह गरे। थापाले खेलमार्फत समाज रुपान्तरणमा योगदान गर्न सुझाव दिए।

कुलतमा फस्ने युवाहरुको संख्या बढ्दै गएको अवस्थामा युवाहरुलाई विभिन्न खेलमा आवद्ध गराए युवाहरुले सहि बाटो समात्ने उनको भनाई छ । थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशनसमेत दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९