युनिकोड    राशिफल    एफएम रेडियाे                        

आइअफ नेपाल ब्यूरो
झापा । तस्करी धन्दा चलाउन संचारमाध्यममा लगानी गरेका झापाका  कपडा तस्कर लक्ष्मण कट्टेलले कपडा तस्करी गरी कडोरौ रुपँया राजस्व छली गरेको फेला परेको छ । बर्षौ अघिबाट तस्करीमा सकृय कट्टेलले समुह नै बनाएर झापा र मोरङका नाकामार्फत हजारौ पोका कपडा तस्करी गरेको फेला परेसँगै कर छली प्रकरण सतहमा आएको हो । गएको श्रावण १५ गतेबाट झापाको केचनास्थित खुटामनी नाकाबाट मात्रै कट्टेलको समुहले ७५ पिकअप कपडा र ३ सय बोरा चिनी तस्करी गरेको पाइएको छ । प्रहरीलाई महिनामारी मोटो रकम बुझाइ स्थानीय तस्कर जब्बर राजवंशीको नाममा लाइन खोलेर कट्टेल समूहले ठूलो परिमाणको लत्ताकपडा र चिनीको तस्करी गरेका हुन ।

केचना नाकाबाट तस्करी गरिएको उक्त कपडामध्ये हरेक रात बनियानीका अरुण शाहाको गोदाममा २ गाडी, भद्रपुरका बिशाल पकुवालकोमा २ गाडी र भद्रपुरकै नाम नखुलेका एक ब्यापारीको गोदाममा १ गाडी अनलोड गर्ने गरेको तस्करीमा संलग्न एक मजदुरले बताए । एक पिकअपमा १८ देखी २२ पोका सम्म कपडा लोड हुने गरेको छ । त्यस्तै कपडाको मुल्य ७० हजार रुपँयादेखी एक लाख रुपँयासम्म प्रतिपोका रहेको उनले बताए । त्यसवापत कट्टेलले अरुण शाह, बिशाल पकुवाल र किरण शाहबाट ५ सय रुपँया प्रतिपोका अतिरिक्त रकम असुल्ने गरेका छन् । नाम नखुलेका ति ब्यापारीबाट भने एक लाख रुपँया प्रतिमहिना बुझ्ने गरेका छन् । कट्टेलले अर्जुन ठकुरीको हातबाट उक्त रकम बुझने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
त्यस्तै, कट्टेलका अतिरिक्त जब्बर राजवंशी र तुलाराम हलुवाईले केरिङ चार्ज वापत ८ हजार पाँचसय रुपँया प्रतिपोका ब्यापारीबाट लिदै आएका छन् । केचना नाकाबाट तस्करी गरिएको कपडा बोकेका उक्त पिकअप भद्रपुर गोदामसम्म ल्याउन कट्टेल स्वयम्ले अघि–अघि स्कटीङ गरिदीने गरेका छन् । त्यस्तै स्कटीङका लागि उनले बिर्तामोडमा अस्थायी बसोबास रहेका प्रकाश खतिवडा नामका एक ब्यक्तिलाई आफुसँगै लिएर हिड्ने गरेको श्रोतले बताएको छ ।
सशस्त्र प्रहरीका बिओपी सम्हाल्ने इन्सपेक्टरको केहीदिन अघि सरुवा भएयता तस्करीको लाइन रोकिएको श्रोतको भनाई छ । तर, तस्करी खुलाउन कट्टेल, जिल्ला प्रहरी कार्यालय झापाका घुमुवा हवल्दार कृष्ण चौधरी र लामो समय झापामा घुमुवा भएर जागिर खाएर हालसालै अवकाश प्राप्त सई दिपक बाँनिया सोमबार बिर्तामोडको एक होटलमा छलफल बसेको प्रत्यक्षदर्शीले बताए । त्यस्तै, आज मंगलबार पनि लाईन खुलाउने बिषयमा तस्कर समुहका कट्टेल, तुलाराम हलुवाई र जब्बर राजवंशी बिर्तामोडस्थित खानपिन होटलमा छलफलमा बसेका थिए । आज रातिबाटै लाईन खुल्ने र उनिहरुले पुन कपडा तस्करी गर्ने परिपञ्च मिलाइसकेको स्रोतको भनाई छ ।

मोरङमा लफडा भएपछी झापाका नाका प्रयोग

मोरङमा तस्कर समुहबिच लफडा भएपछी कट्टेल समूहले झापाको बिभिन्न नाका प्रयोग गरी तस्करी गर्दै आएको पाइएको छ । गत स्थानीय तहको चुनाव पश्चात मोरङको आमबाडी नाका मार्फत कट्टेल, आमबाडीकै चिरन्जिवी खतिवडा र अशोक सहनीको संलग्नतामा ठूलो मात्रामा कपडा तस्करी हुदै आएको थियो । करिब एक महिनाको अवधिमा ४५ सय पोका कपडा यो तस्कर समूहले नेपाल भित्राएको स्रोतको भनाई छ । त्यसरी तस्करी गरिएका कपडा बिर्तामोडमै कपडा पसल संचालन गर्दै आएका राकेश बिन्दलको गोदाममा झारिएको बताइएको छ । बिन्दल तस्करीका कपडा खुद्रा ब्यापारीसम्म पुर्याउने मध्येका मुख्य ब्यक्ति हुन् । प्रहरीलाई मोटो रकम दिएर खोलिएको लाईन एक महिनामा बन्द गरिएको थियो ।

कट्टेलले आफ्नै समूहका खतिवडा र सहनीलाई आफु पत्रकार भएको र अतिरिक्त पाँच सय रुपँया प्रतिपोका छुट्टै आफुलाई दिनुपर्ने भन्दै लफडा शुरु गरेपछी तस्कर समुहकै झगडा शुरु भएको थियो । उनले आफुले मागेजती पैसा नदिए आफैले संचालन गरेको गुप्तचर खबर डटकममा समाचार प्रकाशन गरिदिने धम्की समेत दिएको स्रोतको भनाई छ । रकम नपाएको झोकमा कट्टेलले राजस्व अनुसन्धान कार्यालय इटहरीमा खवर गरी खतिवडाको घरमा छापा हनाएका थिए । छापा मार्ने क्रममा खतिवडाको घरबाट अशोक सशनीको ल्यापटप, बिभिन्न बैङ्कका चेक तथा भौचर र २ ठेली नक्कली भ्याटबिल र २ करोड बराबरको कपडा कारोबारको हिसाब भएको खातासहितको ब्याग राजस्वले बरामद गरेको थियो । अहिले पनि त्यो बिषय राजस्वको अनुसन्धानमै रहेको बुझिएको छ । तर, नेपाली कांग्रेसका केही नेता प्रयोग गरी यो प्रकरण रफादफा गर्ने खेल चलिरहेको स्रोतको भनाई छ । मोरङमा लफडा भएयता कट्टेल नेतृत्वको कपडा तस्कर समुहले झापाका नाका प्रयोग गरी तस्करी चलाउँदै आएको हो ।

तस्करीका लागि नक्कली बिल बिजकको प्रयोग

कट्टेल समुहले तस्करी गरी गोदाममा राखिएका कपडा बजारसम्म पुर्याउन नक्कली बिलबिजक प्रयोग गर्ने गरेको प्रमाण फेला परेको छ । उनिहरुले बिगतदखी नै कट्टेलकै नाममा दर्ता रहेको पान नम्बर ६०१४५२३६१ को फ्रेण्डस अर्डर एण्ड सप्लायर्स, पान नम्बर ६०७४९९२५६ को काब्या अर्डर एण्ड सपलायर्स लगायतका ब्यापारीक र्फमको नामको नक्कली भ्याटबिल प्रयोग गर्दै आएका छन् । यो समुहले नक्कली भ्याटबिलको प्रयोगमार्फत करोडौ रुपँयाको कारोबार गरेपनि नियमनकारी निकाय मौन देखिएको छ । यसअघि पनि कट्टेल समुहको अबैध धन्दाबारे बिभिन्न संचारमाध्यममा समाचार प्रकाशन भैसकेका छन् । कट्टेलले प्रहरी र पत्रकारलाई तर्साएर तस्करी धन्दा चलाउन गुप्तचर खबर डटकम नामको अनलाइन न्युज पोर्टल समेत संचालन गरेका छन् ।

राजस्व छली र तस्करीका लागी मिडियामा लगानी,तस्करलाई प्रहरीका घुमुवाको साथ

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९