युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

बैतडी ।  बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो।

 

 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार  बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको  हो।  जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले  थापेको पासोमा चितुवा फसेको  छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदैछ।”

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने  र उतिबेलासम्म नेपाली सेनाको टोलीले उक्त चितुवालाई खोरमा हाल्ने प्रयास गर्दैछ।  यसका साथै  टोली आउँदासम्म चितुवालाई बचाउनका लागि फसेको ठाउँमा भीडभाड नगर्न भनिएको छ। चितुवाले पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न आग्रह गरिएको हो।

उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९