
काठमाडौं। फोहोर लोड गरेर बञ्चरेडाँडा पुगेको गाडी यतिबेला सिसडोल पुगेर प्रहरीको प्रतिक्षा गरिरहेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएका करिब दुई सय गाडी सुरक्षाका लागि प्रहरीको प्रतिक्षा गरिरहेका हुन् । प्रहरी पुगेपछि कडा सुरक्षा व्यवस्थाका साथ फोहोरको गाडी बञ्चरेडाँडा पुर्याइनेछ।
मंगलबार फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडीलाई स्थानीयले अवरोध गरेपछि अवरोध हटाउन प्रहरी परिचालन गरिएको थियो । सो क्रममा अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । बल प्रयोग गर्दा प्रहरीको रबरको गोली लागि एकजना घाइते भएका थिए ।