युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

नयाँ दिल्ली । कोरोना भाइरसको माहामारीको समयमा प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रमा विभिन्न निजी लगानी कम्पनीहरुले लगानी गरीरहेका छन् ।

विभिन्न निजी लगानी कम्पनीहरुले यो बर्ष सन् २०२१ को पहलो पाँच महिनामा मात्रै ५८ करोड अमेरिकी डलर स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । विभिन्न पाँच वटा सम्झौतामा ५८ करोड अमेरिकी डलर भन्दा बढी स्वास्थ्य क्षेत्रमा लगानी भित्रिएको छ । स्वास्थ्य क्षेत्रमा पछिल्लो पाँच बर्ष यताकै यो धेरै लगानी हो ।

पछिल्लो पाँच बर्ष यता दोस्रो ठुलो लगानी सन् २०१७ मा कूल पचास करोड अमेरिकी डलर बराबरको लगानी भएको थियो । सन् २०१७ मा विभिन्न १८ सम्झौताहरुमा पचास करोड अमेरिकी डलर बराबरको लगानी भएको थियो, जुन प्रत्येक सम्झौताको औसत लगानी तीन करोड अमेरिकी डलर बराबर हो । यधपी, ठुला अस्पताल तथा स्वास्थ्य क्षेत्रहरुले मात्र ठुलो मात्रामा लगानी भित्राएका छन् ।

ठुला अस्पतालहरु मनिपाल हेल्थकेयरमा एन्आइआइएफ स्ट्राटेजिक अपर्चुनिटी फण्डद्धारा करिब २८ करोड अमेरिकी डलर, स्याण्ड्स क्यापिटल म्यानेजमेनटद्धारा अपोलो अस्पतालमा करिब २२ करोड अमेरिकी डलर, सेक्युआद्धारा जीएच्भी एड्भान्स्ड केयर लमिटेडमा पाँच करोड तीस लाख अमेरिकी डलर बराबरको लगानी भएको छ ।

निजी लगानी कोषहरुले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न चाहेपनि स्वास्थ्य क्षेत्रले चाहेजस्तो सेवा दिन नसक्ने, स्वास्थ्य क्षेत्रका असमान क्षमता जस्ता चुनौतिहरु रहेको निजी लगानी कम्पनी बेन क्यापिटल ईण्डीयाका प्रमुख अमित चन्द्रले बताए । स्रोत रिडिफ

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९