
रावलकोट: आइतबार पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुटोले पाकिस्तान शासित काश्मीर ( पिओके)को जनताले प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको कठपुतली सरकारलाइ नमान्ने बताएका छन्।
बिलावलले विधान सभा चुनाव हुनुभन्दा अघि पिओकेको रावलाकोटमा चुनाव प्रचार जुलुसमा भने- “हामीले इस्लामाबादलाई यो सन्देश पुर्याउनु पर्दछ कि कश्मीरका जनताले आफ्नो भविष्यको निर्णय आफै गर्न सक्छ्न,”।
पीपीपीका अध्यक्षले इमरान खानको निन्दा गर्दै भने कि “पाकिस्ताका जनताले सरकारको असफलता र ‘परिवर्तन’ नाराको बोझ उठाइरहेका छन । उनले भने पिओकेका जनताले खानको मुद्रास्फीति सुनामीको सामना गरिरहेका छन्”।
उनले रैलीको क्रमा भने “यो कायर कठपुतली वास्तवमा सुरक्षाको लागी खतरा भएको छ”।
यस अघि पीपीपी नेताले इम्रान खानको नेतृत्वमा रहेको सरकारले देशमा गरिबी, मुद्रास्फीति र बेरोजगारी ल्याएको बताएका थिए।
बिलावलले संघीय सरकारले पिओकेको ऊर्जा परियोजनाहरुमा कर लगाउने कोशिस गरिरहेको र चरम आर्थिक संकटमा परेका जनतालाई घाइते बनाएको आरोप लगाएका थिए ।