युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

पाकिस्तानको विदेश मंत्रालयका अनुसार यसै महिना इस्लामाबादमा रहेको इटाली दूतावासबाट लगभग १,००० शेंगेन भिसा स्टिकरहरू चोरिएको थियो जसले सम्बन्धित विभागहरूलाई चोरी माथि  “उचित कदम” चाल्न निर्देशन दिएको थियो, स्थानीय मिडियाले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता जाहिद हफीज चौधरीको भनाइ उद्धृत गर्दै न्युज इन्टरनेशनलले मंगलबार बताए अनुसार ‘भिसा स्टिकर चोरी भएको खबर विदेशी कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो। त्यसपछि तत्कालै सम्बन्धित विभागमा जानकारी दिइयो।

प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले आन्तरिक मामिला तथा संघीय जाँच महाशाखा (एफआईए) लाई यसै महिना इटालियन राजदूतावासको लकर कोठाबाट करिब १ हजार भिसा स्टिकर चोरी भएको प्रतिवेदनका बारेमा जानकारी दिएको थियो ।

सम्बन्धित विभागहरुलाई कुनै पनि प्रवेश र बाहिरिने बिन्दुमा भिसा स्टिकरको ट्रयाक राख्न र कुनै पनि जफत भएको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिन अनुरोध गरिएको छ । उपलब्ध जानकारी अनुसार ७५० चोरी भएका भिसा स्टिकरमा आइटीए०४१९१३२५१ देखि आइटीए०४१९१४००० र २५० भिसा स्टिकरमा आइटीए०४१९१५७५१ देखि आईटीए०४१९१६० सम्मको नम्बर छ । स्रोत  (ANI)

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९