युनिकोड    राशिफल    एफएम रेडियाे                        

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि लगानी बढिरहेको छ ।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरी ले देखाएको छ । यो बर्ष सन् २०२१ जनवरि देखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सहि दिशामा रहेको बताईएको छ । यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ ।

गत बर्ष २०२० को पहिलो छ महिनाको चार अब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै रहेको बताईएको छ । कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ । स्रोत योरस्टोरी

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९