युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

नयाँ दिल्ली । कोरोना माहामारीपछि व्यापार तथा आर्थिक क्षेत्र सुधारका लागि भारतले सहज र सरल आर्थिक नीति अपनाउनुपर्ने नीति आयोगका प्रमुखले बताएका छन् ।

कोरोना माहामारी पछिको अर्थतन्त्र तथा व्यापार क्षेत्र सुधारका लागि भारतले विभिन्न नीति, नियमलाई सहज र सरल बनाउनुपर्ने नीति आयोगका प्रमुख कार्यकार्य अधिकारी (सिईओ) अमिताभ कान्तले बताएका छन् । हाल विधमान विभिन्न नीति नियमहरुलाई सहज बनाएर आर्थिक क्षेत्र विकास गर्नु आवश्यक रहेको उनले बताए ।

भारतमा व्यापार तथा अर्थिक गतिविधि सरल र सहज बनाउनु अवसर रहेको पनि उनले बताएका छन् । सबै क्षेत्रहरुमा प्रविधिको प्रयोग गरि विकास समृद्धिका लागि यो माहामारी अवसर समेत भएको नीति आयोग सिईओ कान्तले बताए । कोरोना माहामारीकै कारण भारतमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भईरहेको साथै माहामारीले विविध क्षेत्रमा परिवर्तन ल्याएको भन्दै यसलाई भारतले बाह्य उत्कृष्ठ उत्पादकहरु भित्राउने अवसरको रुपमा लिनुपर्ने कान्तले बताए ।

आर्थिक पुनरुद्धारका लागि कोभिड १९ बिरुद्ध खोप अभियान तिब्र बनाउनुपर्ने उनले बताए । भारत सरकारले खोप अभियान व्यापक बनाएको भन्दै आगामी डिसेम्बरसम्म सबै जनतालाई खोप लगाईसक्ने लक्ष्य राखेको नीति आयोग सिईओ कान्तले बताएका छन् । स्रोत द इकोनोमिक टाईम्स

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९