युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

हङकङ । हङकङ मा लोकतन्त्रवादी आन्दोलन भड्काएको भन्दै चीन सरकारले एक समचार पत्र बन्द गराएको छ ।

हङकङ मा चीन सरकारले लोकतन्त्रवादी लक्षित राजनीतिक दमन गर्दै आएको छ । पछिल्लो समय हङकङ मा चीनको राजनीतिक दमनको कदम स्वरुप एक समचारपत्र बन्द गराएको छ । केही समय अघि लोकतन्त्रवादी आन्दोलन भड्काएको अभियोगमा एपल डेलीका संस्थापक जीमी लाई माथि २० महिना सम्म कारबाही सुनाईएको थियो ।

चीन सरकारको राजनीतिक दमन कै कारण हङकङ मा कुनै समयको सबैभन्दा धेरै बिक्रि हुने समचारपत्र एपल डेली बन्द भएको छ । सन् १९९५ मा हङकङ मा स्थापना भएको चिनियाँ भाषाको समचारपत्र एपल डेलीले चिनियाँ कम्युनिष्ट पार्टीको बिश्लेषण तथा आलोचना गर्दै आएको थियो । हालसम्म चीन सरकारले उक्त समचारपत्रमाथि विज्ञापन बहिष्कार गर्दिने तथा कर्मचारीहरुमाथि भौतिक आक्रमण समेत गरेको बताईन्छ । चीन सरकारको हस्तक्षेप सामाना गर्दै आएका समचारपत्र संस्थापक जीमी लाई ले केही बर्ष अघि नै चीन सरकारले आफुलाई पक्राउ गर्न सक्ने बताएका थिए ।

हङकङ मा अभिव्याक्ति स्वतन्त्रतामाथि दमन हुँदै आएको लाईले बताएका थिए । एपल डेली ले ड्राकोनियन कानुन उल्लघंन गर्दै सरकार बिरोधी काम गरेको भन्दै चीन सरकारले हस्तक्षेप गर्दै उक्त समचारपत्रमाथि कारबाही गरेको हो । हङकङ मा राष्ट्रिय सुरक्षाको रक्षाका लागि भन्दै चीन सरकारले कठोर ड्राकोनियन कानुन लागु गरेको छ । स्रोत जापान टाईम्स

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९