युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

दमक,साउन ४ । दमकमा ९ दिनको फरकमा आमाछोराको मृत्यु भएको छ । दमक १० निवासी ५५ बर्षिय होमप्रसाद आङ्वोको कोरोना भाइरस संक्रमणका कारण हिजो दिउँँसो मृत्यु भएको हो ।

नौ दिनअघि मात्र उनकी ७६ बर्षिया आमा बिष्णुमाया आङवोको अचानक घरमै मृत्यु भएको वडाध्यक्ष बोधराज न्यौपानेले बताए । वडाभित्र यस्ता दुखद घटना विरलै मात्र हुने गरेको उनले बताए ।

उनका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका आङवो कृषि क्षेत्रका अगुवा मानिन्थे । सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई शनिवार मात्र बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र हिजो दिउँसो १ बजेतिर उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए । मृतकको हिजो साँझ नै कन्काई नदीमा दाहसंस्कार गरिएको थियो ।मृतक आङवोका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९