युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

दमक, साउन ४ । सडक दुर्घटनामा दमक ५ निवासी नवोदित राष्ट्रिय धावक तेजेन्द्र प्रधानको मृत्यु भएको छ ।

९ दिनअघि दमक २ स्थित आम्दा अस्पताल सडकखण्डमा बा.१६ च. ३७२६ नम्बरको कारको ठक्करवाट गंभीर घाईते भएका २५ बर्षिय प्रधानको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा गएराति ८.४५ वजे उपचारका क्रममा मृत्यु भएको हो ।तीव्र गतिमा आएको कारले अनियन्त्रित भई दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो । ठक्करवाट प्रधानको टाउकोमा गहिरो चोट लागेको थियो ।

धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रियस्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेको माओवादी केन्द्र दमकका सचिव तिर्थराज बस्नेतले जानकारी दिए ।

दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९