युनिकोड    राशिफल    एफएम रेडियाे                        

हाम्रो आसपासको वातावरण तथा वस्तुहरुमा सकारात्मक र नकारात्मक दुबै ऊर्जा हुन्छ । जसले हाम्रो जिवनमा प्रत्यक्ष असर पार्दछ । नकारात्मक ऊर्जा अर्थात नेगेटिव एनर्जीले हरेक चिजमा हानी, बाधा ल्याउने तथा अगाडि बढ्नबाट रोक्दछ । यस्तोमा घर वा जीवनमा नकारात्मक उर्जाले समस्या ल्याएको छ भने निम्न उपाय मार्फत यसलाई हटाउन सकिन्छ ।
नकारात्मक उर्जा हटाउने उपायहरुः

– नुनपानीले पुछ्ने
खानामा मात्र होइन, नुनको उपयोगिता वास्तु लगायत अन्य काममा पनि प्रयोग हुन्छ । नुनमा हुने तत्वले सुखसमृद्धि ल्याउने विश्वास गरीन्छ । तसर्थ पानीमा नुन मिलाएर यसले घरको भुईं वा पर्खाल पुछेले नकारात्मक ऊर्जा नष्ट भएर जाने विश्वास गरीन्छ ।

– नियमित सरसफाई
फोहोरले घरमा दरीद्रता निम्याउने वास्तुको मान्यता छ । यदि घरमा फोहोर छ भने यसबाट उत्पन्न हुने नकारात्मक उर्जाले मानिसलाई गरीब बनाउन र घरका सबै कुनालाई राम्ररी सरसफाई गरीयो भने नकारात्मक उर्जा हट्ने र धनयोग बन्दै जाने मान्यता छ ।

– ताली बजाउने
सुन्दा अचम्म लाग्न सक्ला तर ताली बजाउँदा घरमा भएका नकारात्मक उर्जा नष्ट भएर जाने मान्यता छ । जहा नकारात्मक उर्जा छ भन्ने लाग्छ त्यहाँ केहि समयको अन्तरालमा दैनिक ४÷५ पटक ताली बजाउँदा सो स्थानमा बास गरेको नकारात्मक उर्जा केहि दिनमै हराएर जानेछ । नकारात्मक उर्जा भगाउने सबैभन्दा सजिलो र सरल तरीका यहि नै हो ।

– शनिवार विशेष उपाय
यदि जीवन र घरमा लगातार अप्ठेराहरु आइरहेका छन् वा सफलता रोकिरहेको छ भने यसलाई भगाउन शनिबार बिशेष उपाय गर्न सकिन्छ । हरेक शनिवार बिहान र साझँ घरको मुख्यद्वारमा सररुस्युँुको तेलमा दियो बाले घरमा बसेको नकारात्मक उर्जा हट्नेछ ।

– घरमा फुल रोप्ने
घरमा बोटबिरुवा वा फुल रोपिएका छैनन् भने यसले पनि नकारात्मक उर्जा निम्त्याउँछ । तसर्थ वातावरण शुद्ध गर्न र सकारात्मक उर्जा फिर्ता ल्याउन घरमा बोटबिरुवा रोप्नु पर्दछ । तर यी बोटबिरुवा स्वास्थ्यका लागी लाभदायिक हुनु पर्दछ । जस्तैः नीम, तुलसी, पुदीना ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९