युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

झिलझिले। सताक्षी बहुउद्देश्य सहकारी संस्थाले कारोबार शुभारम्भ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा कार्यालय स्थापना गरी सो सहकारीले आईतबार औपचारिक कार्यालय उद्घाटन तथा कारोबार शुरु गरेको हो ।

गएको असार ७ गते दर्ता भएको संस्थाले असार १९ गते प्रारम्भिक साधारणसभा सम्पन्न गरेको थियो । आईतबार एक कार्यक्रमको बीच कार्यालयको उद्घाटन सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले गरेका थिए। औपचारिक कार्य आरम्भ सुरु भएकै दिन सम्ममा सहकारीको चुक्तापुँजी २० लाख पुगेको सो सहकारी संस्थाका सदस्य रूद्रमनी भट्टराईले बताए ।

सहकारीमा हाल २५ सदस्य आवद्ध छन् । यो संख्या गुणात्मक हिसाबले वृद्धि हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । शिवसताक्षी नगरपालिकाको वडा नं १,८ र ११ लाई सेवा क्षेत्रको रूपमा लिएको सहकारी संस्थाले सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरी समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बढ्दो बेरोजगारी समस्या समाधान गर्ने, कृषि पेशाबाट किसानलाई आत्मनिर्भर बनाउन विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गर्ने, पशुपंक्षी को व्यवसायिक उत्पादन तथा विक्री वितरण गर्ने, छरिएर रहेका पूँजीलाई एकत्रित गरी आयमूलक कार्यमा लगाउन सदस्य लाई प्रोत्साहन गर्ने, जडिबुटी जन्य बस्तुको उत्पादन गरी निकासी तथा पैठारी गर्ने संस्थाको मुख्य उद्देश्य हो ।

यसैगरी उत्पादन क्षमतालाई बढाउने, मासु दुध जन्य बस्तु उत्पादन र खरिद बिक्री गर्ने, अर्ग्यानिक नगदे तथा खाद्य बाली उत्पादन र बिक्री गर्ने, एकीकृत कृषि फर्म स्थापना गर्ने लगायतका २४ वटा उद्धेश्य संस्थाले राखेको छ ।

शिवसताक्षी नगरपालिकामा पछिल्लोपटक स्थापित सो सहकारी संस्थाको उपाध्यक्ष श्याम गिरी, सचिव टंक पोखरेल र कोषाध्यक्षमा तारा मेहता छन् । यस्तै सदस्यमा रुद्रमनी भट्टराई, याम बहादुर बुढाथोकी,इन्द्र प्रसाद सापकोटा,मदन कुमार विष्ट, कोपिला प्रसाईं, दीपेन्द्र कुमार प्रधान र कौशिला खरेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९