युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रिख्यासन मोरङको रंगेलीबाट पक्राउ परेका छन् । ३९ वर्षीय रिख्यासनलाई इलाका प्रहरी कार्यालय दमक, गौरादह र मोरङको रंगेली प्रहरीको समन्वयमा पक्राउ गरिएको दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

उनलाई मोरङ रंगेली नगरपालिका वडा नं.९ स्थित काकाको छोराको घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको कार्कीले अपराध न्यूजसँग बताए ।

घटना पश्चात् फरार रिख्यासनलाई पक्राउ गर्न दमक प्रहरीले फेसबुक मार्फत ‘वान्टेड नोटिस’ समेत जारी गरेको थियो । उनलाई हत्या भएको ५ दिनपछि पक्राउ गरिएको हो । असार ३१ गते रिख्यासनले सङ्गीतालाई निर्ममता पूर्वक कुटपिट गरी हत्या गरी फरार भएका थिए ।  रिख्यासनले सङ्गीतामाथि लौरो प्रहार गरी हत्या गरेका थिए । दुवै जना मापसे गरी भएको विवादको क्रममा घटना भएको थियो ।

घटना भए पश्चात् फरार रिख्यासनको खोजीमा दमक प्रहरीको विशेष टिम परिचालित भएको थियो । रिख्यासन लुकिछिपी मोरङस्थित आफन्तको घरमा बसेको सूचनाको आधारमा खोजतलास गदै जाँदा काकाको छोराको घरबाट आइतबार साँझ पक्राउ गरिएको डिएसपी कार्कीले बताए । उनलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका रिख्यासनको मृतक सङ्गीता तेस्री श्रीमती हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९