युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । सरोकारवालासँग तीनबुँदे सहमति भएपछि अर्जुनधारा नगरपालिकाको मुल ढोकामा लगाइएको ताला सोमबार खोलिएको छ ।

नगर शिक्षा शाखाअन्तर्गतका विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै नगरमा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरुले आइतबार ताला लगाएका थिए ।नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सोमबार बसेको सरोकारवालाहरुको बैठकमा तीनबुँदे सहमति भएको हो । अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति सुधार कार्यक्रमलगायत विभिन्न आयोजनाहरुको समयमा भुक्तानी नभएको सम्बन्धमा के–कति कारणले उक्त समस्या उत्पन्न भएको हो प्रमुख प्रशासकीय अधिकृतले सात दिनभित्र छानविन गरी नगर कार्यपालिकामा प्रतिवेदन दिनुपर्ने निर्णय भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

यस्तै, विविध प्राविधिक कारणले गत आर्थिक वर्ष ०७७÷०७८को अन्तिम समयमा भुक्तानी हुन नसकेको आयोजनाहरुको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त वित्तीय स्रोत व्यवस्थापन गरी चालु आर्थिक वर्षको वित्तीय कारोबार सञ्चालन हुने पश्चात् (भदौ १५ गतेभित्र) व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।विविध कारणले सामुदायिक विद्यालयको रोक्का गरिएको खाता सञ्चालनका लागि आवश्यक व्यवस्था नगरपालिकाले गर्ने निर्णयसँगै सरोकारवाला सहमत हुँदा नगरपालिकामा लगाइएको ताला खुलेको हो ।

बैठकमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, लेखा अधिकृत रामचन्द्र घिमिरे, नेकपा एमालेका प्रतिनिधि प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका प्रतिनिधि हेमराज खरेल, माओवादी केन्द्रका प्रतिनिधि नारद दुःखी, राप्रपाका प्रतिनिधि लवकुश गिरीलगायतको सहभागिता रहेको थियो ।यस्तै, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीलगायत पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९