काठमाण्डौ, साउन ४ । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको मुख्य पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
यस अघि मुश्लिम संघले बकर इदमा बिदा दिन भन्दै गृह मन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।