युनिकोड    राशिफल    एफएम रेडियाे                        

झापा  । लगातार कोरोना संक्रमण दर बढ्दै जानेक्रममा झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय पुग्न लागेको छ । हिजो एक जना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको सङ्ख्या ३९९ पुगेको हो । पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३०२ र एन्टीजेन परीक्षणबाट पुष्टि भएका ९७ जना सङ्क्रमितको मृत्यु भएको हो ।त्यस्तै सङ्क्रमितको सङ्ख्या १९ हजार बढी पुगेको छ ।

हिजोसम्म झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार १६२ पुगेको हो । त्यसमध्ये १३ हजार ९१२ जना डिस्चार्ज भएका छन् । हिजो मात्र बिर्तामोडका सर्वाधिक ५३ जनासहित झापामा १५३ महिला र १६६ पुरुष गरी ३१९ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा २ हजार ४२४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९