
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ ।

वडा नं. ८ को वडा कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ । साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, चेम्बर्स अफ कमर्श, उद्योग वाणिज्य संघ, टोल विकास समितिसमेतको छलफलपछि बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष गौतमले जानकारी दिए ।