युनिकोड    राशिफल    एफएम रेडियाे                        

मेचीनगर । कोरोना भाइरस संक्रमण जोखिम बढेको भन्दै मेचीनगर एक हप्ताका लागि सिल गर्न तयारी गरिएको छ ।

सोमबार बसेको कोभिढ १९ संक्रमण नियन्त्रण समितिको बैठकले एक हप्तासम्म नगर सिल गर्ने प्रस्ताव गरेको नगर उप–प्रमुख मीना उप्रेतीले जानकारी दिनुभएको हो।

समितिको वैठकमा गरिएको प्रस्ताव निर्णयका लागि कार्यपालिका समक्ष पेश गरिने जनाइएको छ । मंगलबार बस्ने कार्यपालिकाको बैठकले नगर सिल गर्नेबारे आधिकारिक निर्णय गर्नेछ ।
हालसम्म झापाका सात स्थानीयतहले सिल गर्ने निर्णय गरि सकेका छन् । झापाको बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी यसअघिनै सिल गरिएका छन् ।

त्यस्तै गौरादह नगरपालिकाले मंगलबारबाट, बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते बुधबार राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९