
इस्लामाबाद । पाकिस्तानमा एक मानव अधिकारकर्मीको अपहरणप्रति अन्तराष्ट्रिय समुदायहरुले चिन्ता व्याक्त गरेका छन् ।
एमनेस्टी इन्टरनेसनल अन्तर्गतका विभिन्न यूरोपेली मुलुकहरु लक्जमबर्ग, स्वीटजरल्याण्ड, बेल्जियमस्थित विभिन्न मानव अधिकारबादीहरुले पाकिस्तानमा मानव अधिकारकर्मीको अपहरणप्रति चिन्ता व्याक्त गरेका छन् । लक्जमबर्ग, स्वीटजरल्याण्ड र ब्रसेल्सस्थित मानवअ धिकारबादी समुहहरुले यसबारे पाकिस्तानको सिन्ध प्रान्तिय मुख्यमन्त्रीलाई पत्राचार गरेका छन् । पाकिस्तानमा मानव अधिकारकर्मी तथा अवामी वर्कर पार्टीका श्रम सचिव सिन्गर नुनरीको आफ्नै निवासबाट गत जुन २६ मा अपहरण भएको थियो ।
निजी सम्पत्ती निर्माणकर्ताहरु बिरुद्ध समुदाय संगठन गरेको बिषयलाई लिएर अधिकारकर्मी नुनरी अपहरणमा परेका हुुन् । सिन्ध प्रान्तमा निजी सम्पत्ती निर्माकर्ताहरुद्धारा हुने अवैध भूमि अतिक्रमण बिरुद्ध अवामी वर्कर पार्टीको आन्दोलन दिवसको अघिल्लो रात नुनरी अपहरणमा परेका हुन् । मानव अधिकारकर्मीहरुले नुनरीको तत्काल रिहाईको माग गर्दै जुलाई १२ मा बेलायतको लण्डनस्थित पाकिस्तान उच्च आयोग अगाडी प्रदर्शन गरेका थिए । स्रोत याहु न्युज