युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । हरेक आपतविपतमा सबैभन्दा पहिला पुग्ने नेपाल प्रहरी । भीड नियन्त्रणमा खटिने, विपद्का वेला उद्धारमा जुट्ने, साथै अपराध अनुसन्धान र नियन्त्रणमा खटिने पनि प्रहरी नै हुन् । चीनमा सन् २०१९ को अन्त्य तिरबाट देखा परेको कोरोना भाइरस नेपालमा देखापरे लगत्तै अग्रभाग अर्थात फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा समेत कोरोनाको संक्रमण देखा प¥यो ।

शान्ति–सुरक्षा कायम गराउने र नागरिकको जीउज्यान जोगाउने नै प्रहरीको पहिलो दायित्व हुने भएकाले सुरक्षाका उपाय अपनाउने, सजग भएर काम गर्दा–गर्दै पनि धेरै प्रहरीमा कोरोनाको संक्रमण देखा प¥यो ।

सुरक्षित भएर ड्युटीमा खट्न प्रहरीसँग पर्याप्त सुरक्षा सामग्री नहुनु, बन्दाबन्दीका वेला समेत कैयौं प्रहरी कपडाको सामान्य मास्कका भरमा सडकमा खटिनुले पनि प्रहरीमा संक्रमण धेरै देखियो । सरकारले महामारीसँग जुध्न फ्रन्टलाइनमा खटिने प्रहरी लगायत सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने भने पनि त्यसतर्फ चासो दिएको पाइएन ।

प्रहरीभित्र संक्रमण बढ्दै गए आन्तरिक सुरक्षादेखि अपराध नियन्त्रणसम्मै असर पर्ने बताउँदै पछिल्लो समय संक्रमितको संख्या सार्वजनिक गरेको छैन् । प्रदेश–१ का १४ जिल्लामा समेत कोरोनाको संक्रमण बढ्दै गएसँगै धेरै प्रहरी कोरोनाबाट संक्रमित हुन पुगे । कोरोनाको संक्रमण शुरु भए यता हालसम्म प्रदेश–१ का झापासहित १४ जिल्लाका एक हजार तीन सय दुई जना प्रहरी संक्रमित भइसकेका छन् ।

प्रदेश–१मा एक जना प्रहरी हवल्दारको कोरोना संक्रमणकै कारण निधन भइसकेको छ । संक्रमित मध्ये एक हजार दुई सय ४५ जनाले कोरोनालाई परास्त गरिसकेका छन् । कोरोनामुक्त भएका प्रहरीहरु आफ्नो कार्य क्षेत्रमा फर्किसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हाल ५६ जना प्रहरी उपचाररत् रहेका छन् । अधिकांश प्रहरीहरु होमआइसोलेसनमा रहेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुमा कोरोनाको गम्भीर खालको संक्रमण देखापरेको छैन् । तथ्यांक अनुसार तीन वटा प्रमुख सुरक्षा निकायमा प्रहरीमै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

निषेधाज्ञा कार्यान्वयन गराउनका लागि सवारी चेकजाँचमा खटिएका र अपराध न्यूनीकरणको सिलसिलामा पक्राउ गर्न जाने र म्याद थप्न जाने प्रहरी बढी जोखिममा छन् । निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई होल्ड गरेर कक्षा लिने तथा सडकमा निस्कनेहरूलाई घरभित्र पठाउन खटिएका प्रहरी पनि जोखिममा छन् ।

नेपाल–भारत सीमानामा खटिएका प्रहरी सबैभन्दा धेरै जोखिममा छन् । भारतमा संक्रमणको दर उच्च भएको हुनाले त्यहाँबाट आउनेहरू सक्रमित भएर आउने सम्भावना उच्च हुन्छ । स्वास्थ्य सामग्रीको अभावका बीच सडकमा खटिएका प्रहरीलाई जोखिमबाट जोगाउने दायित्व प्रहरीको नेतृत्वको काँधमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९