
इलाम । निर्माण व्यवसायी संघ इलामको ९ औं अधिवेशन नजिकिदो छ । अधिवेशन नजिकिदै गर्दा जिल्लामा अधिवेशनको सर्गमी बढ्दो रहेको पाइन्छ । जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा आआफ्नो उम्मेदवारी घोषणा गर्दै अधिवेशनमा होमिएका छन् । दुई कार्यकाल निर्माण व्यवसायी संघ जिल्लाकार्य समिति इलामामा निर्वीरोध निर्वाचीत पुर्बउपाध्यक्ष तथा हाल केन्द्रिय प्रतिनिधी रहेका सन्तोष कटुवालले पनि जिल्लाकोे अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँछन् ।
२०३५ सालमा इलाम जिल्लामा जन्म भइ २०५२ सालमा सिचाई कार्यालयमा सुपरभाईजर पदबाट निमार्ण क्षेत्रमा प्रबेश गरेका कटुवाल बिमानस्थल, सडक,पुल,भवन लगायत निमार्णका लागि अब्बल युबा निमार्ण ब्यबसायीका रुपमा चिनिन्छन् । यसै बिषयमा कटुवाल सँगको कुराकानी यस्तो छ ।
१। चुनाब नजिकी सकेको छ ,अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको हल्ला छ, वास्तविकता के हो र ?
हो यो सत्य हो । मैले अबको नेतृत्व लिनको लागि उम्मेदवारी घोषणा गरेको हुँ ।
२। तपाइको उम्मेदवारी किन र जित्ने आधार के के छन् र?
मेरो उम्मेदवारी इलाम जिल्लाको हकमा सबै ब्यवसायीहरुको उन्नति र संमृद्धीका लागि हो । यस्तै मैले गर्ने हरेक काम रचनात्मक ढङग बाट अंकमा गन्न सकिने गरी हुने छ र जित्ने आधार भनेको ब्यवसाय सुदृढीकरणको लागि मेरो योजना प्रष्ट छ ।
३। यदि तपाइले संघको नेतृत्व पाउनुभएमा के कस्ता योजनाहरु छन र?
मैले संघको नेतृत्व पाएमा ३ वर्षको अवधिमा निम्न अनुसारका कार्य योजनाहरु राखेको छु ।
स्– निर्माण उधोग डिजिटल युगमा प्रवेस गरिसकेको बर्तमान अवस्थामा व्यवसायीहरुलाई तालीमको ब्यबस्था गरी प्रबिधी मैत्री बनाउने योजना छ ।
स्– नेपाल सरकारको हालको नीति अनुसार २ करोड सम्म कार्य अनुभव नचाहिने साथै जिल्लामा करिब २०० व्यवसायी रहेकोमा ९८५ साना हालको अवस्थामा ९२करोड भन्दा मुनीको काम गर्ने ० व्यवसायीहरुको लागि सकेसम्म सबैको पहुँच पुग्ने गरी सानो र धेरै संख्यामा बोलपत्र आवहान गराउन पहल गर्नेछु ।
स्– जिल्लाको बिकासको ९८५ काम गर्ने व्यसायीहरु अस्वस्थ प्रतीस्पर्दा सधै भरी काम नहुने लगायतका कारण अफ्नो प्राविधिक राख्न नसकी अत्यन्तै पीडामा परीरहेका छन । त्यसको दिगो निकासका लागि साना व्यवसायीहरुलाई आवस्यक परेको बखत उपकरण सहित निसुल्क प्राविधिकको ब्यवस्था गर्नेछु ।
स्– प्रत्येक व्यवसायीलाई मलाइ जस्तोसुकै दुखपिडा या अन्यायपर्यो भने मेरो पछाडी निमार्ण संघ छ भनेर ढुक्क भएर काम गर्ने बाताबरण निमार्ण गर्ने छु ।
४। इलाममा संघ र सरकारी निकाय बिचमा नीति नियम र कार्यान्वयनको विषयमा समस्या रहेको भन्ने सुनिन्छ, समन्वयको कमी पुरा गर्न अब आउने अध्यक्षले के गर्नु पर्छ ?
सस्थाले सबल नेतृत्व नपाउदा धेरै ठूला उपलब्धी गुम्छ भन्ने उदाहरण हामी माझ धरै छन । त्यसैले पनि सघसस्थाले ब्यतिmगत स्वार्थ नभएको नेतृत्व पायो भने ठुलो उपलब्धी हासील गर्न सक्छ भन्ने कुरामा म बिस्वस्त छु । अहीलेको अवस्थामा सघ र जिल्लाका सरकारी निकायहरुमा विशेष गरी स्थानिय निकाय सग धेरै कुरामा समन्वयको खाचो देखिन्छ । यस्ता कुराहरुलाई सहजीकरण गर्दै अगाडी बढनु पर्छ भन्ने कुरा स्थापित गर्दै सबै तहमा समन्वय गरी व्यवसायीका समस्या हल गर्न प्रतिबद्ध भएर लाग्ने छु ।
५। संघको चुनाव पक्कै सामान्य त हुदै हुन्न होला त्यस्तै चुनाव हुने भइ सके पछि तपाइको प्रतिद्धन्दी उमेद्वार पनि होला नै आफनो प्रतिद्धन्दिलाई भने तपाइले कतिको प्रभावशाली रुपमा हेर्नु भएको छ र ?
निर्वाचन नजिकिदो छ । अहिले आ आफनै तरिकाले अभ्यास गर्दै छौ । आशा छ अबको केही दिनमा सबै ब्यबसायी बसेर आपसी सदभाव कायम राख्दै मिलेर जाने छौ । मैले आज सम्म संघको निति नियम बिपरित कुनै पनि काम नगरेको र यसै पेसामा गरेर खानु पर्छ भन्ने संकल्पका साथ लागेको हुनाले मेरो बिगतको कार्य सम्पादन हेरेर तथा सबैले आउने कार्यकालको लागि मैले दिएको सङकल्प लाई चिर्न सक्ने अर्को प्रभावशाली उमेदवार हुनहुुन्छ जस्तो लाग्दैन ।
६। तपाई पछि हटने सम्भावना छ कि छैन ?
मेरो उमेद्धवारी व्यवसायी साथिहरुको व्यापक छलफल पश्चात आएको हो र यहाँ बाट पछि हटने कुरा आउदैन ।
७। अन्त्य मा के भन्न चाहनु हुन्छ ?
मलाई आफनो अमुल्य मत दिई विजयी गराइदिनु हुन सम्पुर्ण मेरा अग्रज समकालीन व्यवसायी मित्र हरुलाई हार्दीकताका साथ सादर अनुरोध गर्दछु ।
नयाँ बुलन्दबाटhttps://www.nayabulanda.com/2021/07/29/58805?fbclid=IwAR1pUoLDfnyG9inR0S4zzeZXjL4UTXgXKpDlgmtX9jn5hcxa0z_5ojSGAp4