युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

झापा, कात्तिक १७ । मेचीनगर–२ भृकुटिमा जारी झापा जिल्ला स्तरिय फाइभ स्टार च्यालेञ्ज कपको फाइनल खेल सम्पन्न भएको छ । रोलिङ्ग क्लब धुलाबारीलाई टाइ ब्रेकरमा हराउँदै आयोजक फाइभस्टार युथ क्लब च्यालेञ्ज कपको विजेता बन्न सफल भएको हो ।


दुवै टिमको तर्फबाट २÷२ गोल भएपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । विजेता टोली फाइभस्टार युथ क्लबको लागि जर्सी नम्बर १२ का पबिन तामाङ्गले प्यानल्टिमा र जर्सी नम्बर १३ का रिक्की प्रधानले १–१ गोल गरेका थिए । त्यस्तै उप–विजेता टिमको लागि जर्सी नम्बर १२ का पुजन राई र जर्सी नम्बर १३ का सुनिल मगरले १–१ गोल गरेका थिए । घरेलु मैदानमा उत्रिएको फाइभस्टार युथ क्लबले दर्शकको एकदमै ठूलो साथ पाएको थियो । उता धुलाबारी रोलिङ्ग क्लबले भने आँफूले गरेको स्कोरलाई टिकाइ राख्न नसक्दा खेल टाइ ब्रेकरमा तानिएको थियो ।
विजेता टिमले नगद ५१ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । त्यस्तै उपविजेता रोलिङ्ग क्लब धुलाबारीले ३१ हजार नगद सहित ट्रफि, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १३ रिक्की प्रधान बन्न सफल भए ।


अघिल्ला वर्षहरुमा नियमित खेल हुँदै आएको भृकुटीमा विगत केही वर्ष प्रतियोगिता हुन सकेन । लामो समय अन्तरालमा भएको उक्त प्रतियोगिताको सातै दिन खेलले राम्रो दर्शक दर्शक पाएको थियो । कात्तिक १० गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेलका प्रमूख अतिथि एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ्गले मोफसलमा हुने खेलले खेलाडि उत्पादन तथा खेलको महत्व बृद्धि गर्ने ठूलो योगदान पु¥याएको बताउनु भयो । उहाले भविष्यमा क्लबलाई सहयोग गर्ने र क्लबको मैदान निर्माणमा समेत आवश्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रतियोगिताको उद्घाटनका प्रमूख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले फाइभ स्टार क्लबले अघि सारेको रंगशाला निर्माणमा नगरपालिकको तर्फबाट बजेट व्यवस्थापन हुने कुरामा आस्वशन दिनु भएको थियो ।


विगतको वर्षहरुमा जस्तै खेलको आयोजना भएको र सफलता पूर्वक सम्पन्न भएको खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आयोजक क्बलका अध्यक्ष गोपी रिजालले आगामी दिनहरुमा क्लाबले युवाहरुको लागि विभिन्न कार्यक्रमहरु गर्ने साथै चाँडै आफ्नै रंगशाला निर्माण गर्ने बताउनुभयो । उहाँले क्लब मेचीनगर २ मा भएपनि सम्पूर्ण झापाले अपन्वत्त महशुस गर्ने गरी काममा लागेको समेत बताउनु भयो । फाइनल खेल शुरु हुनु पुर्व वडा नंम्बर १ र २ विच प्रतिस्पर्धात्मक खेल भएको थियो । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च झापा र स्थानिय विच समेत मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । उद्घाटन समारोह तथा समापन दुवै प्रतियोगिताको सञ्चालन तपन वास्तोलाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९