
झापा। ग्लोबल आइ एम इ बैंक चारआली र धुलाबारी शाखाको संयुक्त आयोजनामा एक दिने डिजिटल बैँकिङ्ग सम्बन्धि तालिम सम्पन्न भएको छ । ग्लोबल आइएमइको धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा बित्तिय साक्षरता र डिजिटल बैंकिङ सम्बन्धि तालिम सम्पन्न भएको हो ।
करिब २०० जनाको सहभागितामा भएको कार्यक्रममा हाल बढ्दै गएको प्रविधिको विकास र त्यसको उपभोगको लागि वित्तिय क्षेत्रमा डिजिटलाइजेसनको महत्वको बारेमा महशु भएको तालिमका सहभागिले बताए । ‘‘आजको आवश्यकता डिजिटल बैन्किङलाई प्राथमिकता” भन्ने नारा सहित ग्लोबल आइएमइ ले गरेको उक्त कार्यक्रमले सहज र सरल बैंकिङ्गमा सामान्य नागरिकहरु लाग्न प्रेरित हुने बैंक स्रोतले बतायो । मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ , क्युआर कोड , एटीएम सम्बन्धि विविध जानकारी ग्लोबल आइ एम इ बैंकको चिफ मार्केटिङ अफिसर शान्ता शिवाकोटीले दिनुभयो । ग्लोबल आइ एम इ बैंक चारआलिका अपरेसन इन्चार्ज सन्तोष न्यौपानेले सञ्चालन गरोको उक्त कार्यक्रममा शाखा प्रबन्धक दोय सुरेश कुमार श्रेष्ठ र सन्जिब कोइरालाले क्रमश स्वागत तथा अन्तिम मन्तव्य राख्नुभएको थियो।
देशै भरी साखा संजाल रहेको ग्लोबल आइ एम इ बैंकको हाल सम्म २८७ शाखा ४८ एक्स्टेन्सन काउन्टर २६३ बि एल बि पोइन्ट ,२५२ एटीएम का साथै भारत , अस्ट्रेलिया र बेलायतमा समेत सम्पर्क कार्यलय रहेको बताइएको छ।