
रुपन्देही । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।
केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने ।