
काठमाडौ । नेपाली चलचित्र ‘प्रेमगीत ३ को रिलिज मिति फेरि रोकिएको छ ।
फागुन १३ गते प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र ओमिक्रोन भेरियन्टका कारण अनिश्चितकालका लागि रोकिएको जनाइएको छ ।
‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति रोकिएको फेसबुक मार्फत जानकारी गराएका हुन् । हिन्दी भाषामा समेत डबिग गरिएको उक्त चलचित्र भारतका हलमा समेत प्रदर्शन गरिने सेनको दाबी छ ।
सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत जस्ता चर्चित कलाकारको अभिनय रहेको छ ।