युनिकोड    राशिफल    एफएम रेडियाे                        

आई अफ नेपाल खोज

बिर्तामोड । सुरुमा अवैध धन्दा, त्यसपछि ढाकछोप गर्न मिडियामा लगानी । पछिल्लो समय यो संस्कृति नै बन्दै गएको छ । कमाएको ‘कालो’ धनलाई ‘सेतो’ अर्थात् वैधानिक र कसैले खोज्न नसक्ने बनाउन मिडियामा लगानी गर्ने प्रचलन सामान्यजस्तै छ । तस्करी गर्ने र बार्गेनिङका लागि मिडियामा लगानी गर्न ‘तस्कर’ उद्दत छन् । यसकै उदाहारण हुन्, झापाका लक्ष्मण कट्टेल । उनले झापामा रहेर एक दशकअघिदेखि राजश्व छलीका भारतीय कपडा तस्करी गर्दै आएका छन् । उनी अहिले मिडियाका संचालक पनि हुन् । उनकै तस्करीको संरक्षण र सम्बन्धित ब्यापारी, प्रहरी र संचारकर्मीसँग बार्गेनिङ गर्नका लगि गुप्तचर खबर डटकम नामक अनलाइनमा लगानी गरेका छन् ।

कट्टेलले अनलाइन न्यूज पोर्टलको आडमा प्रहरी र ब्यापारीलाई धम्क्याउँदै यो वर्षको दशैँयता एक महिनाको अवधिमा चार सय पोका तस्करीका कपडा नेपाल भित्राएको पाइएको छ । उनले बिर्तामोडका कपडा व्यापारी कालु भन्ने प्रदीप मित्तलको करिब एक लाख भारतीय प्रतिपोका मूल्य बराबरका चार सय पोका कपडा इलामको पशुपतिनगरको नाका हँुदै बिर्तामोडसम्म ल्याएर कडोरौँ रुपैयाँ राजस्व छली गरेको प्रमाण आई अफ नेपाल डटकमले फेला पारेको छ । राजस्व छलीका कपडाको प्रतिपोका १२ हजार रुपैयाँका दरले कट्टेलले मित्तलको चारसय पोका भारतीय कपडा नेपाल ल्याएका हुन् । त्यसका लागि कट्टेलले पशुपतिनगरमा बसेर राजस्व छलीका भारतीय सामान वारिपारि गर्दै आएकी चाँदनी नामकी केरियर र प्रयोग गरेका थिए । कट्टेलले सुरुमा चाँदीलाई राजस्व छलीका कपडा पारिबाट पशुपतिनगरसम्म ल्याएको ८ हजार रुपैयाँ प्रतिपोका दिने आश्वासन दिए पनि हालसम्म ३५ लाख रुपैयाँ नदिएको ओसारपसारमा संलग्न एक मजदुरले बताएका छन् । त्यस्तै, समयमा रकम नदिएको भन्दै कट्टेलको राजस्व छलीका ३५ पोका कपडा हालसम्म चादँनीले पशुपतिनगरको आफ्नै गोदाममा राखिदिएकी छन् । यो वर्षको माघ महिना यतामात्रै कट्टेलले राजस्व छलीका कपडा नेपाल भित्राएर साठी लाख रुपैयाँभन्दा बढी रकम हात पारेको जानकारहरू बताउँछन् । यसअघि पनि कट्टेलले भारत बिहारस्थित देवीगञ्जका रतन बंगालीसँग मिलेर राजस्व छलीका कपडा र सुर्तीको लाइन चलाएका थिए । तर, कमिसन वापतको पाँच लाख भारतीय रुपैयाँ रतन बंगाललीलाई नदिएपछि उनीहरूबीच तस्करीको दोस्ती टुटेको थियो ।

 

कट्टेल र उनको मिडिया आशक्ति

एक दशक अघिबाट झापा र इलामका विभिन्न नाका प्रयोग गरी कपडा र सुर्तीको राजस्व छली गर्दै आएका कट्टेलले नाकामा खटिएका प्रहरी र जिल्लाका हाकिमहरूलाई रकम बाँडेर लाइन मिलाउने गरेका थिए । तर, कतिपय पत्रकारहरूले त्यसको जानकारी पाएर तस्करीका समाचार सार्वजनिक गरेपछि प्रहरीले रकम बुझ्ने र राजस्व छलीका सामान कटाउन दिने लाइन बन्द गर्ने गरेका थिए । पत्रकारको एउटा समाचारले सीमाका पूरै अवैध लाइन बन्द हुने बुझेपछि कट्टेलले संचारमाध्यमको शक्तिका बारेमा राम्रो जानकारी लिएर संचार माध्यम नै आफैँले खोलेको कट्टेलनिकटहरू नै बताउँछन् । त्यसपछि गुप्तचर खबर डटकम नामको आफ्नै अनलाइन न्युज पोर्टल खोलेका कट्टेलले अवैध सामान कटाउन लाइन नदिए गुप्तचरमा समाचार लेखिदिने धम्की दिँदै तल्लो तहका प्रहरी कर्मचारी र प्रहरीका हाकिमहरूलाई समेत प्रभावमा पार्ने गरेको प्रहरीहरूनै बताउँछन् ।
त्यस्तै, ड्युटीका प्रहरीका बारेमा आइजीपीसम्मलाई भए÷नभएको कुरा लगाएर हैरान दिने गरेको नाम नबताउने सर्तमा एक प्रहरी कर्मचारीले जानकारी दिएका छन् । उनले अवैध धन्दा गर्ने व्यापारीहरूलाई पनि काम आफूलाई दिनुपर्ने नत्र सार्वजनिक गरिदिने चेतावती दिने गरेको स्रोत बताउँछ ।
कट्टेल र तस्करी
झापाको भद्रपुर घर भएका कट्टेल माओवादी शान्ति प्रकृयामा आएसँगै एकाएक माओवादी बनेर भद्रपुर क्षेत्रमा निस्किए । माओवादीको भेषमा कट्टेलले भद्रपुरबाट आउने सार्वजनिक भाडाका सवारी साधन विभिन्न स्थानमा रोकेर पारिबाट ल्याएका अवैध सामान झार्न थाले र उक्त अवैध सामानको मालिक पत्ता लगाएर बिर्तामोडका साइकल व्यापारी संजय गोयलको कृष्णहल छेवैमा रहेको साइकल पसलमा बार्गेनिङ गर्दै रकम असुल्ने गरेको कतिपय माओवादी कार्यकर्ताहरूले बताउँछन् ।

माओवादी मूलधारको राजनीतिमा आएसँगै भद्रपुरका एकजना व्यापारीको आश्रयमा पुगेका कट्टेल एकाएक २०६७ सालबाट कपडा र सुर्तीको अवैध तस्करी गर्ने खतरनाख केरियर भएर निस्किएको भद्रपुरका व्यापारीहरू बताउँछन् । उनले सुरुबाटै झापा जलथलका सन्तोष मेचे नाम गरेका एक व्यक्तिलाई हातमा लिएर केचना, किच्चकबधको झोलुङ्गेपुल र भद्रपुर छेउछाउका विभिन्न नाकाबाट तस्करी गर्दै आएका छन् । २०७१ सालमा झापाको भद्रपुरस्थित ज्ञाने चोकबाट कट्टेलले तस्करी गरेर ल्याउँदै गरेको १७ पोका कपडा शसस्त्र प्रहरी बलले पक्राउ गरी भन्सार बुझएपछि आर्थिक रूपमा ठूलो क्षति व्यहोरेका कट्टेलले तस्करी गर्न भने हालसम्म छोडेका छैनन् । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेलासम्म अन्य व्यापारीको मात्रै कपडाको लाइन मिलाउँदै आएका उनले पछिल्लो समय आफ्नै बिर्तामोडस्थित पसलका लागि समेत कपडाको तस्करी गर्दै आएका छन् । उनले बिर्तामोडको प्रसाई मार्केटमा ३ वर्ष अघिबाट कपडाको कारोबार गर्ने फ्रेण्स् अर्डर एण्ड सप्लायर्स नामको पसल समेत खोलेका छन् ।

उनले भन्सार छली गरी ल्याएको अबैध कपडा ल्याएको बिर्तामोड प्रसाई मार्केटमै राकेश बिन्दलले संचालन गरेको बिन्दल स्टोर्स र एस पि एजेन्सि, राजिव जैनको सिन्दुर साडी सेन्टर र मेघा कम्प्लेक्स छेउको दुर्गा भवानी स्टोर्सलाई दिने गरेका छन् । ‘कुरौटे’ प्रकृति भएका कट्टेलले अन्य तस्करका कुरा प्रहरीलाई लगाएर लाइन बिगारेपछि कट्टेललाई समेत झापाका नाकाबाट पोका ओसार्न समस्या भएको थियो । त्यसपछि उनले पशुपतिनगर नाका प्रयोग गर्ने गरेको बुझिएको छ । तर, कट्टेलले बिओपी घेराबारीका हालका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन ढुङ्गेल नातामा आफ्नो सालो पर्ने भन्दै उनीसँगकै मिलेमतोमा बेलाबेला कपडा बोकेकोे पिकअप नै छिराउने गरेका छन् ।

त्यस्तै उनले संचालन गरेको गुप्तचर खबर डटकम अनलाइनमा जिल्ला प्रहरी कार्यालय झापाका घुमुवा दीपबहादुर बानियाँको समेत लगानी रहेको प्रहरीहरूले नै चर्चा गर्ने गरेका छन् । उनै सई बानियाँको समेत कट्टेलको कपडा तस्करीमा साथ रहेको स्रोतको भनाइ छ ।

यसैगरी पशुपतिनगर नाकामार्फत कट्टेलले गर्दै आएको कपडा तस्करीमा सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी पकलीबाट सादा पोसाकमा खटिएका सई आइन्द्र लिम्बुले बिशेष सहयोग पुर्याउँदै आएका छन् । सई लिम्बुले नैे तस्करीका त्यस्ता कपडा उर्लाबारी र इटहरी सम्म पुर्याउन कट्टेललाई सहयोग गर्दै आएका छन् ।  पछिल्लो समय इलामका नाकामा खटिएका लिम्बुलाई झापा ल्याएर कपडा तस्करी र राजस्व छलीलाई लाई बृहत बनाउने प्रपञ्चमा कट्टेल लागि परेका छन् ।

कट्टेलले माओवादीइतरको समाचारमा गुप्तचर खबर डटकमको फेसबुक आइडीबाट समेत अनेक कम्मेन्ट गरेर संचारमाध्यमको दुरुपयोग गर्दै आएका छन् ।

उनले गर्दै आएको राजस्व छली र तस्करीको धन्दा सार्वजनिक गर्न खोज्ने संचारकर्मीहरुको बारेमा समेत आफुले खोजी गरी आफ्नो अनलाइनमा सार्वजनिक गरिदिने भन्दै निकटमा रहेका ब्यक्तिमार्फत धम्काउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९