युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

तालिबानले नक्कली राहदानी बेचेको आरोपमा जलालाबादमा पाकिस्तानको महावाणिज्य दूतावास अबिदुल्लाहलाई हिरासतमा लिएको छ, स्रोतले CNN-New18 लाई बताएको छ।

स्रोतका अनुसार अबिदुल्लाहले जलालाबादको नान्गाहार चेम्बर अफ कमर्सका प्रमुख गुल मुरादलाई डिनरको आयोजना गरेका थिए।अफगान तालिबानले जलालाबादमा गुल मुरादको गाडीमा छापा मारेको र कथित रूपमा नक्कली पाकिस्तानी र अफगानिस्तानी राहदानीहरू बरामद गरेको स्रोतले बताएको छ।

मुरादलाई महावाणिज्य दूतावास बाहिर हिँड्ने क्रममा पक्राउ गरिएको स्रोतले जनाएको छ । तालिबानले मुरादले अबिदुल्लाहको सहयोगमा राहदानी अफगान नागरिकलाई बेचेको दाबी गरेको स्रोतले बताएको छ ।

“अबिदुल्लाहले जलालाबादको पाकिस्तानी महावाणिज्य दूतावासमा आफ्नो पद र अधिकारको दुरुपयोग गरे,” तालिवानले दाबी गरेको छ। घटनापछि अबिदुल्लाह र उनका कर्मचारीलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९