युनिकोड    राशिफल    एफएम रेडियाे                        

कालिकोट । कालिकोटको विभिन्न ठाउँमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरोमा परेर २३ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रवक्ता सुरेश राजबमले तिलागुफा नगरपालिका–४ राँचुलीमा पहिरो जाँदा १५ जना बेपत्ता भएको बताए । मलामि गएका १५ जनानै सम्पर्कविहीन भएका छन् । स्थानीयले पहिरोमा पुरिएको आशंका गरेका छन् । राँचुली गाउँमाथिबाट आएको पहिरोले स्थानीय विस्थापित भएका छन् ।
यस्तै तिलागुफा नगरपालिका–७ बालिमा पहिरो जाँदा ६ जना, सानी त्रिवणी गाउँपालिका –९ मुन्द्रामा पहिरो जाँदा १ जना र पचालझरना गाउँपालिका–७ सिमसेलामा १ जना गरी २३ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ । प्रहरीले अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९