युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं।नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच रोचक भिडन्त हुने भएको छ ।
त्यस क्षेत्रबाट चौधरी र त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।
त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष एवं निवर्तमान प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी र राप्रपाका उपाध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान लगायतले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९