युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं – मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।

कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘‘यस वर्षको बाढीले पुर्याएको क्षतिबारे मूल्याङ्कन गर्न आयोजनाका इन्जिनियर, भूगर्भविद तथा निर्माण व्यवसायीसहितको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा अहिले सडक तथा पुल निर्माणको काम सुरु भइसकेको छ।” उनका अनुसार सडक र पुल तत्कालका लागि अस्थायी रूपमा नै निर्माण गर्नुपर्ने भएकाले छिट्टै नै काम सम्पन्न हुनेछ। यस वर्षको बाढीपहिरोले गत वर्ष जस्तो ठूल्ठूला ढुङ्गा तथा गेग्रान नल्याएकाले यसपालि पानी ल्याउन कठिन नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार आयोजना स्थलसम्म पुग्न करिब दुई सडक र पाँचवटा पुलको निर्माण गर्नुपर्ने हुन्छ। यस वर्षको वर्षायाममा आएको बाढीपहिरोले ती सडक र पुलमा क्षति पु¥याएको थियो। बर्खा लाग्नुअघि नै आयोजनाको मुहान तथा पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएकाले मुहान तथा सुरुङमा क्षति नपुगेको उनले बताए। पहुँच सडक र पुलबाहेक अरू संरचना निर्माण गर्नु नपर्ने अवस्था देखिएको उनले बताए। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९