युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

मर्दान: एक आत्मघाती हमलाकारीले शुक्रबार यहाँको एक प्रहरी चौकीबाट केही मिटर टाढाको खेतमा आफूलाई विस्फोट गराएको स्रोतले जनाएको छ। प्रहरी र स्थानीय श्रोतका अनुसार आत्मघाती हमलाकारीले प्रहरी चौकीबाट केही मिटर पर खेतमा आफूलाई विस्फोट गराएको थियो । तर, कुनै हताहत भने भएको छैन ।

मर्दान रेन्जका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) मोहम्मद अली खान र जिल्ला प्रहरी अधिकारी (डीपीओ) इरफानुल्लाह खानले घटनास्थलको भ्रमण गरेका थिए। आत्मघाती बम विष्फोटपछि सबै सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । मर्दान जिल्लाका सबै प्रवेश र निकास बिन्दुहरूमा थप पुलिसहरू तैनाथ गरिएको छ ।

जिल्ला प्रवेश गर्ने शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ । जिल्लामा पछिल्लो समय आतंकवादका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९