युनिकोड    राशिफल    एफएम रेडियाे                        
झापा/  लक्ष्मीथान बचत तथा ऋण सहकारी सस्थाको बाह्रदशी  ३ राजगढ १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका विभिन्न ब्याक्तीलाई सम्मान गर्दै  साधारणसभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष प्रेमबहादुर घिमिरेको सभापतित्व तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबेन्द्र चौलागाईंको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभामा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टंक साह ,संस्थाका पूर्बअध्यक्ष धनेश्वर राजवंशी ,यमकुमारी बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

वडा कार्यालयलाई जग्गा प्रदान गर्ने लखु राजवंशी र जानुकादेवी कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि ले सम्मान गरेका थिए।सस्थामा उत्कृष्ट बचतकर्ताको रुपमा लक्ष्मी राजवंशी ,मिस्राली  मिया,अरुणा कुमारी गणेश ,टपलाल राजवंशी लगायर्तलाइ सम्मान गरिएको थियो। सस्थाको   बाह्रदशी , कचनकवल ,झापागापा कायक्षेत्र रहेको छ ।

सस्थाले आर्थिक बर्ष ७८/७९ मा कुल ४६ लाख १२ हजार १ सय ५३ रुपैया कुल आम्दानी सफल भएको छ। १४३३ जना सेयर सदस्य रहेको छन।प्रमिला राजवंशीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम संचालन हरबहादुर राजवंशीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९