युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

एजेन्सी । साउथ फिल्म उद्योग यतिबेला बलिउडभन्दा ठूलो भइसकेको छ । साउथका स्टारहरुको चर्चा देश तथा विदेशमा पनि उत्तिकै बढ्दै गएको छ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले विश्वभरबाट नै माया पायो । जसले गर्दा पनि साउथ फिल्मको दायरा बढ्दै गएको छ । प्रभासपछि अन्य स्टारका फिल्मले पनि अब विश्व बजार ओगट्न थालेको छ । त्यति मात्र होइन साउथका स्टारलाई आफ्नो फिल्ममा लिनका लागि बलिउडमा पनि प्रतिस्पर्धा सुरु भएको छ । प्रभासले बलिउडमा डेब्यू गरेर धमाका गरिसकेका छन् भने अन्य स्टारहरु पनि बलिउडमा आउने तयारी गरिरहेका छन् ।

समांथा प्रभु

फिल्म ‘पुष्पा’ मा आइटम गीतमा नाँचेर लाइमलाइटमा छाएकी समांथा हिन्दी फिल्ममा पनि देखिने भएकी छन् । उनी बलिउड अभिनेत्री तापसी पन्नूसँग देखिने भएकी छन् ।

रश्मिका मंदाना
फिल्म ‘पुष्पा’ को सफलतामा रमाइरहेकी अभिनेत्री रश्मिका मंदाना बलिउडमा डेब्यू गर्दैछिन् । रश्मिका बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको स्पाई थ्रिलर मिशन मजनबमा देखिने भएकी छन् । यसका साथै, उनी अमिताभ बच्चनसँग फिल्म ‘गुडबाय’ पनि देखिनेछिन् ।

विजय देवरकोंडा
साउथका सफल स्टार विजय देवरकोंडाको फिल्म ‘लाइगर’ को हिन्दी भर्जन पनि बनाइने भएको छ । जसमा बलिउड अभिनेत्री अनन्या पाण्डे पनि देखिनेछिन् । फिल्मको प्रोड्युसर करण जौहर छन् ।

नागा चैतन्या
अभिनेता नागा चैतन्या बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिनेछन् । यो फिल्ममा खेल्नका लागि आमिर खानले नागालाई व्यक्तिगत रुपमा फोन गरेर अफर गरेका थिए । फिल्ममा बालाको भूमिकामा नागा देखिनेछन् ।

राशी खन्ना
अभिनेत्री राशी खन्ना फिल्म ‘योद्दा’ नामक बलिउड फिल्ममा देखिनेछिन् । फिल्ममा सिद्धार्थ मल्होत्रा र दिशा पाटनीको पनि मुख्य भूमिका रहनेछ ।

साई श्रीनिवास
तेलुगू अभिनेता साई पनि बलिउडमा डेब्यू गर्दैछन् । राजामौलीको फिल्म ‘छत्रपति’ को हिन्दी रिमेकमा काम गरिरहेका छन् । यो फिल्मको हिन्दी रिमेक ‘वीवी विनायक’ बन्दैछ जसमा उनी अभिनेताको रुपमा रहनेछन् । छत्रपतिमा प्रभासको मुख्य भूमिका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९