युनिकोड    राशिफल    एफएम रेडियाे                        

आईअफ नेपाल ब्यूरो । झापा । झापाका बिवादित ब्यवसायी दुर्गा प्रसाईले अस्पतालको नाममा रहेको जग्गाधनी धनिपुर्जा किर्ते गरेको खुलासा भएको छ । झापाको बिर्तामोडमा संचालित बिएण्डसि अस्पतालले मेडिकल कलेज खोल्ने प्रयोजनका निम्ति बिभिन्न सरकारी निकायमा पेश गरेको जग्गाधनि धनिपुर्जा नै किर्ते गरेको पाईएको हो । प्रसाईले सरकारी मापदण्ड पुरा गर्ने नाममा हँुदै नभएको जग्गाको धनिपुर्जा आफैँ बनाएर बिभिन्न मंन्त्रालय र बिभागमा पेश गरेका हुन । प्रसाईले अस्पताललको नाममा खरिद गरेको साबिकको धाईजन गाबिस वडा नम्बर ४ मा रहेको कित्ता नम्बर ७०६ को जग्गाधनी धनिपुर्जा किर्ते गरेर सम्बन्धित सरकारी निकायहरुमा पेश गरेका हुन । उनले कित्ता नम्बर ७०६ को पाँच बिगाहा आठ कठ्ठा १३ धुर जग्गाको क्षेत्रफललाई १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएर सरकारी निकायमा पेश गर्दै अस्पताल खोल्ने स्विकृति लिएको खुलेको हो । सक्कली जग्गाधानी धनीपुर्जालाई कम्प्युटर प्रबिधिको प्रयोग गरी ५ बिगाहाको स्थानमा १० र ८ कठ्ठाको स्थानमा १२ कठ्ठा बनाईएको हो । जिल्ला मालपोत कार्यालयको श्रेस्तामा समेत उक्त जमिन पाँच बिगाहा आठ कठ्ठा १३ धुर मात्रै रहेको देखिएको छ । मालपोत झापाले समेत उक्त जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जानकारी दिएको छ ।

 

 

 

 

किर्ते गरिएको कागजात स्वास्थ्य मंत्रालय, शिक्षा मंत्रालय, चिकित्सा शिक्षा आयोग र काठमाण्डौ बिश्वबिद्यालय बुझाईएको छ । प्रसाईको अस्पतालसँग तत्काल करिब १२बिगाहा मात्रै जग्गा रहेको तर ३ सय शैयाको अस्पताल खोल्न लगभग १६ बिगाहा भन्दा बढी जमिन चाहीने भएपछी धनिपुर्जा नै किर्ते गरी क्षेत्रफल बढाइएको अस्पताल स्रोतको दाबी छ । सोही किर्ते धनिपुर्जाका आधारमा सम्बन्धित निकायले प्रसाईलाई मेडिकल कलेज खोल्ने अनुमती दिएपछी प्रसाईले सरकारलाई नै गुमराहमा राखेको पुष्टि भएको छ ।

यता, प्रसाईले अस्पतालको नाममा खरिद गरेको जमिन ५ बिगाहा ८ कठ्ठा १३ धुर मात्रै रहेको जग्गा बिक्रिीकर्ताहरुले जानकारी दिएका छन् । स्थानीय देवेन्द्र फागो र बुद्धमाया फागोको नाममा रहेको जमिन प्रसाईले २०६८ सालमा खरिद गरेको जग्गा कारोबारमा सहजिकरण गरेका प्रेम नेम्बाङले बताए । प्रसाईले ०६८ सालमै जग्गा खरिद गरेको भएपनि ०७१ सालमा धनीपुर्जा किर्ते गरेको प्राप्त कागजातले पुष्टि गरेको छ ।

 


यस्तै सरकारी निकाय मात्रै होइन देशका ठूला–ठुला बैङ्क समेत प्रसाईको किर्ते प्रकरणको जालोमा फसेको पाइएको । उनले सोही धनिपुर्जाको आधारमा स्विकृति भएको बिएण्डसि अस्पताल र त्यही जमिन समेत धितो राखी बैङ्कबाट करिब ५ अर्व रुपँया ऋण लिएका छन् । उनले किर्ते गरेर बढाएको क्षेत्रफल पुर्याउन २०७२ सालमा अर्जुनधारामा खोलाको किनारामा रहेको करिब अढाई बिगाहा जमिन गरिद गरेको र सो खोलाको जमिनसमेत बैङ्कमै धितो राखेको बुझिएको छ ।
यता, प्रसाईले अनौपचारीक रुपमा आफूबाट गल्ती भएको स्विकार गरेका छन् । उनले आफुले शिक्षा मंन्त्रालयमा उक्त कागजात पेश गरेको स्विकार गरे । प्राबिधिक कारणले त्रुटी भएको दाबी गरे । उनले यो प्रकरणलाई रापसाफ बनाउन सहयोगका लागि नजिकका ब्यक्तीहरुसँग हारगुहार गरीरहेको बुझिएको छ ।
यस्तै, प्रसाईले यो प्रकरणको समाचार संकलन गर्ने पत्रकारलाई मिलाउन भन्दै बिभिन्न ब्यक्ति प्रयोग गर्दै आएका थिए । तर, पत्रकारले टेरपुच्छार नलगाएपछी प्रसाईले त्यसको खण्डन गर्न काठमाण्डौबाट ५ जना युट्युवर बोलाई भिडियो अन्तरवार्ता सार्वजनिक गरेका छन् । उनले भिडियोमा यो प्रकरण सार्वजनिक गर्ने पत्रकारलाई ब्यक्तिगत रुपमा तथानाम गाली गर्दै आएका छन् । किर्ते प्रकरणलाई खण्डन गर्ने खास प्रमाण आफूसँग नभएपछी प्रसाई युट्य्ब मार्फत ब्यक्तिगत गालीगलौजमा उत्रेका हुन् । उनले आफ्नो समर्थकको नाममा खोलेको फेसबुक पेजबाट पनि सम्बन्धित पत्रकारलाई गाली गर्न लगाउने गरेका छन् ।
किर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले शुक्ष्म अनुसन्धान गरिरहेको जानकारी आई अफ नेपालले प्राप्त गरेको छ । नेपाली रुपँया दुवई लगेर कम्पनी खोलेकोमा सम्पत्ति शुद्धिकरण बिभागले र किर्ते प्रकरणमा सिआईबिले अनुसन्धान गरिरहेको बेला कानुनी झमेलामा फस्ने देखेपछी प्रसाई दुवई जान भन्दै गत बिहिबार दिउँसो काठमाण्डौ उडेका थिए । तर, त्यो योजनामा समेत ब्यवाधान आउने देखेपछी केही केन्द्रिय स्तरका राजनितीक दलका नेतासँग हारगुहार गरी साँझ झापा नै फर्किएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९