युनिकोड    राशिफल    एफएम रेडियाे                        

आई अफ नेपाल ब्यूरो । झापा । हुँदै नभएको जमिनको धनीपुर्जा सरकारी निकायमा पेश गरेर बिएण्डसि टिचिङ अस्पताल खोल्ने स्विकृती लिएका झापाका बिवादित ब्यापारी दुर्गा प्रसाईले करोडौं नेपाली रुपैया हुण्डी मार्फत दुवई लगेर कम्पनी खोलेको प्रमाण फेला परेको छ । प्रसाईले नेपालका बिभिन्न बैङ्कबाट ऋण लिएको रकम कानुन बिपरित दुवई पुर्याएर कम्पनी खोलेको फेला परेका कागजातले पुष्टि गरेको छ । उनले गएको जेठ १३ गते दुर्गा प्रसाई इन्भेस्टमेन्ट कम्पनी एलएलसि नामक कम्पनी दुवईको सरकारी निकाय अर्थ तथा पर्यटन बिभागमा दर्ता गराएको कागज फेला परेको हो । प्रसाईको कम्पनीले १०६६६०७ नम्बरको ब्यापारिक लाईसेन्स प्राप्त गरेको छ । जस अनुसार कम्पनीमा कुल १० लाख दिराम अर्थात करिब ३ करोड ६० लाख नेपाली रुपँया लगानी गरिएको छ । प्रतिशेयर एक हजार दिराम तोकेर कम्पनीको जम्मा एक हजार शेयर तोकिएको छ । जसमध्ये प्रसाईको नाममा ४ सय अर्थात ४० प्रतिशत शेयर बाँडफाड गरिएको छ । उनका छोरा निराजन प्रसाईको नाममा पनि ४० प्रतिशत अर्थात ४ सयवटा शेयर रहेको कम्पनीको कागजातमा उल्लेख छ । अर्थात उनिहरुको नाममा मात्रै ८ लाख दिरामको शेयर उक्त कम्पनीमा देखिएको छ । त्यस्तै दुवईमै बस्दै आएका अर्का नेपाली नगरिकको १० प्रतिशत अर्थात एक सय शेयर रहेको उल्लेख गरिएको छ । स्थानीय राजपरिवारका सदस्य शेख मोहम्मद मख्तुम जुमा अल मख्तुमको १० प्रतिशत शेयर रहेको छ । शेख मोहम्मद मख्तुम जुमा अल मख्तुम उनै ब्यक्ति हुन् जसले नेपाल आउँदा प्रसाईलाई सुनको लौरो उपहार दिएको भनेर प्रचार गरिएपनि उनिहरुको सम्बन्ध सुन कारोबारसँग समेत हुनसक्ने चर्चा चलेको थियो ।
प्रसाईसँग दुवईका नागरिक शेख मोहम्मद मख्तुम जुमा अल मख्तुमलाई चिनाजानी गराइदिने दुबईमै ब्यवसाय गर्दै आएका एक नेपाली नागरिक भएका कारण उनलाई १० प्रतिशत कम्पनीको शेयर दिइएको थियो । तर, ति ब्यक्ती नेपाल आएका बखत प्रसाईले प्रहरी प्रयोग गरेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्रन लगाई हिरासतमा राखेपछी उनिहरुको सम्बन्धमा खटपट शुरु भएको थियो । त्यही खटपटका कारण दुवईमा गरिएको अवैध लगानीको पोल खुल्ने डरले प्रसाईले गएको साउन १७ ति ब्यक्तीको नाममा रहेको कम्पनीको १० प्रतिशत शेयर आफ्नै छोरा निराजन प्रसाईको नाममा फिर्ता लिएको कागजातबाट प्रष्टिएको छ । प्रसाईले १५५१२३३३ नम्बरको रसिद मार्फत ३ हजार ४ सय ६० दिराम अर्थात ंकरिव १ लाख २५ हजार नेपाली रुपँया राजस्व तिरेर कम्पनीको १० प्रतिशत शेयर छोराको नाममा सारेका हुन् ।

कागजातमा उल्लेख भएअनुसार प्रसाईको परिवारको करिब ३ करोड २५ लाख नेपाली रुपैया  उक्त कम्पनीमा लगानी रहेको देखिएको छ । उनले यो रकम गएको जेठ महिनामा हुण्डी मार्फत दुवई पुर्याएको दुवई स्थित हाम्रो स्रोतले जानकारी दिएको छ । अवैध कारोबार बारे सार्वजनीक हुने र कानुनी झमेलामा पर्ने बुझेपछी प्रसाईले दुवईका ब्यापारीक साझेदार शेख मोहम्मद मख्तुम जुमा अल मख्तुमसँग लेनदेनको नक्कली कागज बनाएर नेपालबाट पैसा नलगेको देखाउन खोजेको बताईएको छ । प्रसाईले समेत बिभिन्न युट्युव च्यानलमार्फत दुवईस्थित राजपरिवारका सदस्यले आफुलाई आर्थिक सहयोग गरेको सार्वजनिक अभिब्यक्ती दिदै आएका छन् । यसले पनि प्रसाई लेनदेनको नक्कली कागजात बनाएर यो प्रकरण सुल्झाउने दाउमा रहेको पुष्टि हुन्छ ।
यता, सम्पत्ति शुद्धिकरण बिभागले समेत प्रसाईको आर्थिक गतिबिधि बारे अनुसन्धान गरिरहेको बुझिएको छ । त्यस्तै किर्ते कागजात बनाई सरकार र बैङ्क समेत झुक्याएकोे प्रकरण सार्वजनिक भएपछी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले समेत शुक्ष्म अनुसन्धान गरेको जानकारी प्राप्त भएको छ । बिभिन्न प्रकरणमा कानुनी झमेला आइपर्ने देखेपछी प्रसाई एनसेलको नेपाली नम्बरमा अन्तराष्ट्रिय रोमिङ सेवा अन गरेर भारत गएको बुझिएको छ । उनले त्याहाँबाट बिभिन्न शक्तिकेन्द्रमा टेलिफोन गरी आफुलाई सहयोग गर्न र आफु दिल्लीमा रहेको बताउँदै आएका छन् । तर प्रसाई दिल्लीमा नभई भारतको सिमावर्ती शहर सिलिगुडीको एक होटलमा रहेको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९