युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौँ । जुम्लामा बसको ठक्‍करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको प्रहरीले जनाएको छ ।

दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९