युनिकोड    राशिफल    एफएम रेडियाे                        
झापा । कोरोना संक्रमणको तेस्रो लहर रोक्न झापा प्रहरीले “तपाईँको मास्क खोइ ? अभियान फेरि सुरु गरेको छ ।  मेचीनगर नगरपालिका- १० स्थित धुलाबारी चोकमा इलाका प्रहरी कार्यालय धुलाबारी, सामुदायिक प्रहरी सेवा केन्द्र धुलाबारी र ट्राफिक प्रहरी पोस्ट धुलाबारीको संयुक्त आयोजनामा  “तपाईँको मास्क खोइ ? अभियान थालेको हो ।
हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको रोकथाम तथा नियन्त्रणसँगै यसबाट नागरिकलाई बचाउन सचेत एवं सजक गराउने उद्देश्यले “तपाईँको मास्क खोइ ? ” सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९