युनिकोड    राशिफल    एफएम रेडियाे                        

भारत र नेपालबीच शताब्दी अगाडि देखि कै बलियो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध रहेको छ। दुई देशले खुला सिमाना मात्रै नभईकन अनेक आयामका समान परिवेशहरु माथि टेकेका छन् । विशाल रणनीतिक महत्वका बाबजुद नेपाल भारतको भूराजनीतिक र सुरक्षाको हिसाबले भारतले नेपाल संगको सम्बन्धलाई संकीर्ण स्वार्थी दृष्टिले हेरेको छैन ।

सधैं सार्वभौमसत्ता, समानता, युग पुरानो पारस्परिक सम्मान को सिद्धान्त मा आधारित नेपाल भारतको सम्बन्ध परम्परागत मूल्य र भारतको ुछिमेक पहिलोु नीतिमा आधारित छ । यस सन्दर्भमा भारतको मुख्य ध्यान नेपाली पूर्वाधारका लागि सहयोग र अनुदानबाट नेपालको विकासलाई टेवा पु¥याउने नै हो । सन् २०१५ को भूकम्प जस्ता प्रतिकूल परिस्थितिहरूमा नेपाललाई भारते सहयोग गर्ने सूचकहरू सबै सामु स्पष्ट नै छ ।

स्वतन्त्रतापछि नै भारतले नेपालसँग स्वस्थ र मैत्रीपूर्ण सम्बन्ध कायम गरेको छ जस्का सांस्कृतिक र ऐतिहासिक लिङ्कहरू आज पनि दुबै देशमा देख्न पाइन्छ । सन् १९५० को शान्ति र मैत्री सन्धि अन्र्तगत भारत र नेपाल मार्फत दुबै देशले एकअर्कालाई विशेष सम्बन्धु दर्जा दिएका छन् । यस अन्तर्गत भारतीय र नेपाली दुवै व्यापार र नागरिकहरु को पारस्परिक व्यवहार मा बसोबास, सम्पत्ति, रोजगारी, व्यवसाय र आवतजावतका विषयमा छलफल भएको पनि हो ।

यद्यपि भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्छ भन्ने गलत धारणा सृजना भइरहेको छ । तर यस कुरा सत्य छैन । उदाहरणका लागि, सुरक्षासम्बन्धी भारतको चासोलाई आधार बनाएर नेपालको संविधानमा मधेसी जनताको अधिकारको मुद्दा भारतबाट आएको हो भन्ने गलत धारणा पनि नेपालमा व्याप्त पाइन्छ । भारत भित्र शरणार्थीहरूको आगमनको बारेमा चिन्ता र साथै लामो समयदेखि चलिरहेको सम्बन्धको बारेमा मधेसी जनता जो सिमानाका भारतीय नागरिकसँग सजिलै घुलमिल हुन्छन् भन्ने आशंका अर्कोतर्फ छ ।

यस कुरामा चाँही भारतले कूटनीति र वार्ताको बाटो अपनाएको छ । अर्कोतर्फ भारत सरकारले सन् २०१५ मा आर्थिक नाकाबन्दी गरेर भारतप्रति नेपाली नागरिकमा आक्रोश पैदा गरेको अरोप जस्ताको तस्तै छ । यो एक विवादित मुद्दा हो जस्लाई नेपालको दक्षिणी छिमेकीको विपरीत, नेपालको उत्तरी छिमेकी चीनले सधैं विचार गरेको छ । नेपाललाई सुरक्षा र रणनीतिक दृष्टिकोणले हेर्दा ऐतिहासिक रूपमा चीनको चासो संकिर्ण सोच र स्वार्थले घेरेको पाइन्छ । तिब्बतमा आफ्नो वर्चस्व कायम राख्ने र यस क्षेत्रबाट कुनै पनि बाह्य शक्तिलाई टाढा राख्ने चीनको प्रयासमा नेपालको रणनैतिक भुराजनैतिक अवस्था अर्कोतर्फ छ ।

यस्तो स्वार्थी दृष्टिकोणले नेपालसँग चीनको सम्बन्धलाई नयाँ आकार दिने क्रम सुरु भएको छ । वास्तवमा नेपाल र चीनबीच द्वन्द्व र युद्धको इतिहास रहेको छ । जसरी नेपालले १७८९ को केरुङ सन्धि अन्तर्गत तिब्बतसँगको पारिक सम्बन्ध सुदृढ पारेको थियो तर त्सैवखत देखि तिव्वतसंग कुदृष्टि राखेको चीनले नेपाल विरुद्ध सैन्य प्रगति सुरु गर्न थालेको तथ्य छ । सन् १७९२ मा चीनले नेपालमाथि आक्रमण गर्यो, यो आक्रमण धैबुङ (काठमाडौं नजिक) तर्फ मार्च गरिएको थियो ।

नेपालमा चासो राखे र यसलाई सहायक राज्यको रूपमा हेर्ने चीनको रणनिति अब कुटनितिको चालमा नेपाल पस्न थालेको छ । वास्तवमा जनमानसको चाहना विपरित चीन नेपालको आन्तरिक मामिलामा संलग्न भएको छ र कूटनीतिक सम्बन्धको इतिहास मा नेपालमा चीनको हस्तक्षेपका बिभिन्न मामिलाहरू दर्ज भएका छन् । चीनले नेपालमा राजतन्त्र आफ्नो स्वार्थका लागि कायम राख्न चाहेको इतिहास छ र यसरी नेपालमा लोकतान्त्रिक आन्दोलनलाई विफल पार्न मद्दत गर्यो।

सन् २०१९ मा, दुई बीचको सम्बन्धलई एक रणनीतिक साझेदारीु मा स्तरोन्नति गरिएको छ । जस अन्तर्गत चीनले प्रस्ताव गरेको प्याकेजलाई नेपाली रणनीतिक नजरले समिक्षा गरेको थियो । चीनद्वारा रणनीतिक परोपकारीु को रूपमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिनियाँ नीतिलाई नेपाल ल्याउने दिशामा पुनर्निर्देशन गरिएको छ ।

नेपाललाई अहिले दक्षिण एसियामा चीनको प्रवेशद्वारको रुपमा हेरिएको छ र यसको भू-अर्थशास्त्र र भू-रणनीतिक चासोको एक महत्त्वपूर्ण रणनितिका रुपमा चीन अघि बढिरहेको छ । भारतको बढ्दो आर्थिक र सैन्य शक्तिसँगै अमेरिकामा बढ्दो हस्तक्षेपले यस क्षेत्रमा चीनको ‘रणनीतिक चिन्ता’ बढाएको छ । चीनले दक्षिण एसियामा चीन केन्द्रित क्षेत्रीय व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ। अर्कोतर्फ अर्थतन्त्र कुटनितिमा बढ्दो भारतको शक्ति र भूमिकाले चीनको महत्वाकांक्षाको लागि ुरणनीतिक बाधाु को रूपमा काम गर्दछ।

नेपाल र नेपालीको मनोवैज्ञानिक परिवृतिमा चीनले भारतप्रति नकारात्मक धारणा सिर्जना गर्न सक्रिय रूपमा सहयोग गरिरहेको विश्वास छ । यदि चीनले भारतलाई आफ्नो सुरक्षा हितका लागि खतराका रूपमा हेरिरह्यो भने यसले नेपाललाई झनै खतरामा पार्न सक्छ । यसो हुँदा दुई प्रमुख शक्तिहरू बीच स्यान्डविच भूमिका रुपमा नेपाल प्रोक्सी युद्धक्षेत्र बन्न सक्छ ।

नेपाल प्रतिको चीनको स्वार्थ र भूराजनीतिक महत्वाकांक्षा एकातर्फ छ । नेपालले हालैको श्रीलंकाको संकटबाट पनि पाठ सिक्नुपर्छ, चिनियाँ लगानीले ओभरलिभर गर्ला भन्ने सोच्नु जायज नहुन सक्छ । नेपाल–भारत सम्बन्ध आपसी सम्मान र सार्वभौम समानतामा आधारित छ जुन चीनको भन्दा विपरीत छ । भू(रणनीतिक लाभका लागि भारतले नेपालसँग गैर(पारस्परिकताको नीति अवलम्बन गरेको छ । दुई देश बीचको सभ्यता र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाललाई अनुकूल सर्तहरू भारतले विस्तार गरेको छ । समय समयमा नेपाल भारत समबन्धमा बिवाद नआएका हैन, त्यो स्वभाविक पनि हो । सीमा विवाद जस्ता बाँकी रहेका विवादहरू समाधान गरेर,नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नेछ भन्ने सबैलाई अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९