युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता गर्ने भएको छ। केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानका जनतालाई नेपाली जनताका तर्फबाट सहयोग गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खाद्यान्न, लत्ताकपडा र ‍औषधी बोकेर आइतबार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड जहाज काबुल जाने मन्त्रालय स्रोतले जानकारी दिएको छ । जहाज काबुल उड्नुअघि त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलन गर्नुहनेछ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि विदोही तालिबानहरूले सत्ता कब्जा गरेको थियो । तालिबान सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। नेपालले पनि तालिबान नेतृत्वको सरकारलाई मान्यता दिएको छैन। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ।

चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्। नेपालले पनि अफगान जनतालाई केही राहत होस् भनेर सहायता पठाउन लागेको हो।

अफगानिस्तानमा अमेरिकी सैनिक हुँदा ठूलो संख्यामा नेपालीहरू सेक्युरिटी गार्डको काम गर्न अफगानिस्तान पुगेका थिए। अहिले पनि संयुक्त राष्ट्र संघका अफगानिस्तानस्थित विभिन्न कार्यालयमा नेपालीहरू कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९