
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ १० लाख मत कटाएको छ । निर्वाचन आयोगले मतगणनाबारे आइतबार साँझ जारी गरेको मतमरिणामको विवरणअनुसार स्वतन्त्र पार्टीले १० लाख मत कटाएको हो ।
यो दल घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएको हो । आयोगका अनुसार चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत १० लाख ८ हजार ४४४ पुगेको छ ।
पहिलो स्थानमा रहेको नेकपा एमाले र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबीच १ लाख २३ हजार ४२४ मतको फरक छ । एमालेको २४ लाख ४२ हजार २८६ र कांग्रेसको २३ लाख १८ हजार ८६२ मत छ ।
नेकपा माओवादी केन्द्र १० लाख १६ हजार ६९ मतका साथ तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत ५ लाख २७ हजार २९१ मत पुगेको छ ।
पाँचौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख ३ हजार १५२ र नेकपा एकीकृत समाजवादीले २ लाख ३८ हजार ९२६ मत ल्याएका छन् ।
जनमत पार्टीको प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ३७ हजार मत पुग्दा नागरिक उन्मुक्ति पार्टी २ लाख २ हजार २८० मत ल्याउन सफल भएको छ ।
सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको लोकतान्त्रिक समाजवादी पार्टीको मत १ लाख २२ हजार ८०८ पुगेको छ ।