
झापा । नेपाली रुपैया हुण्डी मार्फत दुबई लगेर कम्पनी खोलेका मेडिकल माफिया तथा बिएण्डसी टिचिङ अस्पतालका मालिक दुर्गा प्रसाईलाई गैह्कानुनी काम गर्न उनकै आफन्तले साथ दिएको खुलेको छ । प्रसाईका छोरा निराजन प्रसाई र नातामा सालो पर्ने प्रमिश गिरीले समेत हुण्डीमार्फत नेपाली रुपैंया दुबई लान साथ दिएको खुलेको हो ।
आईअफ नेपाललाई प्राप्त अडियो रेकर्डले हुण्डीमार्फत नेपाली पैसा दुबई पुर्याउने काममा उनिहरु समेत संलग्न रहेको फेला पारेको छ । उनिहरुले रोशन नामका एक ब्यक्तिलाई नेपाली रुपैया दुबई लाने जिम्मेवारी दिएको बताएका छन् । मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईका छोरा डा. निराजन प्रसाईले समेत दुबईमा रहेका एजेन्ट सँग कुरा गर्दै सबै रकम नेपालका हुण्डीवालाई दिएको भएपनि आफुहरुले दुबईमा डेढलाख दिराम मात्रै पाएको बताएको अडियोमा उल्लेख छ । यसअघि समेत जग्गाधनि धनिपुर्जा किर्ते गरेको लगायतका आरोप लाग्दै आएका मार्सी प्रसाईका नामले चिनिदै आएका बद्नाम दुर्गा प्रसाईले भने आधिकारीक रुपमा आरोपको खण्डन गर्न नसकेपछी काठमाण्डौबाट युट्युवर बोलाएर पत्रकारलाई पैसा नदिएकाले आफ्नो समाचार बाहिरिएको बताउँदै आएका छन् । अडियो रेकर्डमा प्रसाईले आफ्नो डेढ करोड रुपैया दुबईका राजकुमारले बिनासित्ती खाइदिएको समेत गुनासो गरेका छन् । झापाको बिएण्डसी अस्पताल र त्यसका मालिक प्रसाई अनियन्त्रित रुपमा बिरमीसँग लाखँै रुपँया असुल्ने, सरकारी बिमा कार्यक्रमको रकम नभएको रोग देखाएर असुल गर्ने, अस्पतालमै गुण्डा पाल्ने, एम्बुलेन्सलाई कमिशन बाडेर बिरामी तान्ने र चिकित्साशास्त्र पढ्न मुलुकबाहिर गएका महिलाहरुलाई अनेक आरोप लगाउने ब्यक्तिका रुपमा परिचित छन् । यसअघि उनले हुदै नभएको जमिनको धनिपुर्जा सरकारी निकायमा पेश गरेर टिचिङ अस्पताल खोल्ने अनुमती लिएको, नेपाली रुपैया हुण्डीमार्फत दुबई पुर्याएको र समाचार लेख्ने पत्रकारको ज्यान लिन समेत टोले गुण्डा खटाएको समाचार सार्वजनिक भईसकेको छ । द्धन्दकालमा माओबादीमा रहेर सेनालाई सुराकी र सेनाको सुराकीका रुपमा माओबादी बिरुद्ध काम गरेको आरोपमा प्रसाई पटक–पटक बिवादमा परेको श्रोतले बताएको छ । प्रसाईले सम्पत्तीको लागि नातामा आफ्नै ससुराली गिरी परिवारका सदस्यमाथि समेत आपराधिक षड्यन्त्र ज्यानमार्नै उधोग सम्म गर्न लगाएको भुक्तभोगीहरु बताउँछन् ।
पछिल्लो समय प्रसाई दुबईमा अलपत्र परेका लाश नेपाल ल्याउने काममा सक्रिय देखिएका छन् । तर, रकम लिएर वा वैदेशिक रोजगारीका क्रममा मृत्य्ु भएकाहरुले सरकारबाट पाउने रकम असुलेर मात्रै प्रसाईले यो काम गरेको जानकारहेरुको दाबी छ ।