
काठमाडाैँ । वृद्धावस्थामा आँखाका समस्या धेरैलाई आउने गरेको पाइन्छ । ४० वर्ष कट्ने बित्तिकै केही होसियार भएमा यसबाट बच्न सकिन्छ । यस रोगमा फुलो पर्नु, जालो लाग्नु, कम देख्नु जस्ता लक्षणहरू देखिन्छन् भने यो रोग लाग्नुको मुख्य कारण भनेको अप्राकृतिक रहन–सहन, अप्राकृतिक जीवनशैली र अप्राकृतिक आहार विहार नै प्रमुख हो ।
घरेलु उपचार
– हरिया सागपात, गाजर, टमाटर आदिको प्रशस्त सेवन गर्ने ।
– अबिजालो, चुत्रो र अमलाको सेवन गर्ने , पुननर्वाको रस पनि लाभकारी हुन्छ ।
– आँखाको विभिन्न तरिकाले व्यायाम (तल–माथि, दायाँ–बायाँ गर्ने तथा घुमाउने) गर्ने ।
– बिहान–बेलुका खाली खुट्टा दुबोमा हिँड्ने ।
– रायोको तेलले पैताला मालिस गर्ने ।
– स्वमूत्र पनि आँखाका सबै रोगको लागि उपयोगी मानिन्छ ।
साभार: ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट