युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |
विराटनगर। सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण टुङ्ग्याइसकेका छन् । सातवटै प्रदेश एकसाथ स्थापना भए पनि प्रदेश १ ले भने अहिलेसम्म नाम पाउन सकेको छैन । पाँच प्रदेशले यसअघि नै नामकरण गरिसकेका थिए भने सोमबारमात्र प्रदेश २ ले पनि प्रदेशसभाबाट प्रदेशको नाम ‘मधेस’ पारित गरेको छ ।

योसँगै नामकरणमा पछि परेको प्रदेश १ सरकारलाई दबाब बढेको छ । दलहरु बिच सहमति नबन्दा प्रदेश १ को नामकरण थाँती रहँदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर कायम भए पनि नामकरणबारे दलहरुबीच मतैक्यता छैन । प्रदेशको नाम भूगोल, पहिचान कि सभ्यताको आधारमा राख्ने भन्नेबारे दलहरुबीच विवाद छ ।

हाल प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकार छ । राजेन्द्र राई प्रदेश १ का तेस्रो मुख्यमन्त्री हुन् । यसअघिका दुई मुख्यमन्त्रीमध्ये शेरधन राईको पालामा प्रदेशको स्थायी राजधानीबारे टुङगो लागे पनि नामकरण हुन सकेन । दोस्रो मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेशको नामकरणसम्बन्धी विषय चर्चामा मात्र सीमित रह्यो । अब पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईमाथि प्रदेशको नामकरणका लागि दबाब बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९